back
NMB ad

म्यानमारका पर्यटन व्यवसायी पोखरामा

Kumari bank ad

पोखरा । पोखराको पर्यटकीय गतिविधिबारे जानकारी लिन म्यानमारका पर्यटन व्यवसायीका टोलीले पोखराका पर्यटकीय स्थलको अवलोकन गरेको छ ।

नेपाल पर्यटन बोर्ड र हिमालयन एयरलाइन्सको संयुक्त प्रयासमा म्यानमारका पर्यटन व्यवसायी थिन थिन सिन्ट नेतृत्वको टोलीले काठमाडौंको भ्रमण सकेर आइतबार पोखरा आएको हो ।

म्यानमारबाट नेपालमा पर्यटकको आगमन बढाउने उद्देश्यका साथ नेपालको काठमाडौं, पोखरा र लुम्बिनी क्षेत्रका पर्यटकीय गतिविधि अध्ययन गर्न आएका सो टोली पोखरा बसाइका क्रममा फेवाताल, सराङकोट, विश्व शान्ति स्तुप, पर्वतीय सङ्ग्रहालय, पातले छाँगोलगायतका स्थलको अवलोकन भ्रमण गरेको छ ।

भ्रमणका क्रममा आज यहाँ आयोजित एक कार्यक्रममा म्यानमारका पर्यटन व्यवसायी थिन थिन सिन्टले पोखराका प्रकृति प्रदत्त संरचना, यहाँबाट देखिने सुन्दर हिमाली तथा पहाडी दृश्य, सुर्योदयको अवलोकन आदिले जो कोही पर्यटकलाई लोभ्याउने बताए ।

काठमाडौंमा हाल भइरहेका निर्माणका कारण प्रदूषण बढेको आफूले पाएको बताउँदै उनले निर्माण सकिएसँगै त्यहाँको वातावरणीय स्वच्छता कायम रहने उल्लेख गरे ।

म्यानमारबाट वार्षिक छ÷सात हजारको सङ्ख्यामा पर्यटक नेपाल आउने गरेको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलियाले बताए ।

उनका अनुसार नेपालमा अन्तर्राष्ट्रिय पर्यटकको आगमनलाई बढाउन बोर्डले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । छ दिने नेपालको अवलोकन भ्रमण कार्यक्रमअन्तर्गत म्यानमारको पर्यटन व्यवसायीको टोली मङ्गलबार र बुधबार लुम्बिनीको भ्रमण गरी स्वदेश फर्कने छ ।
९ जेठ २०७४

वि.सं.२०७४ जेठ ९ मंगलवार १०:०५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...