back
NMB ad

नेपालको राष्ट्रिय खेल भलिवल !

Kumari bank ad

काठमाडौं । मुलुकको राष्ट्रिय खेल के भन्नेबारे लामो समयदेखिको बहस टुंगो लागेको छ । सरकारले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गर्ने निर्णय गरेको हो । त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लगेको थियो । डण्डिबियो र कबड्डीले आफूलाई राष्ट्रिय खेलको दावी गरेपनि सरकारी स्तरबाट नेपालको राष्ट्रिय खेल अहिलेसम्म टुंगो लागेको थिएन ।

सानो स्थानमा खेल्न सकिने, नेपालको जस्तो भौगोलिक अवस्थामा जताततै खेल्न सकिने र थोरै बजेटमा सम्पन्न हुने तथा सबै नेपालीको पहुँचमा पुग्न सक्ने भएकाले भलिबल राष्ट्रिय खेल हुनुपर्ने माग नेपाल भलिबल एशोसियसनले सुरुदेखि नै गर्दै आएको थियो ।

नेपाल भलिबल एशोसियसन राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएका खेल संघहरुमध्ये निक्कै सक्रिय थोरै संघहरुमा पर्छ । बार्षिक क्यालेण्डर बनाएर ब्यवस्थित रुपमा नेपाल भलिबल संघ सक्रिय छ ।

राष्ट्रिय खेल बनाएपनि नेपालमा भलिबल खेल्न एउटै सुविधासम्पन्न कवर्डहल छैन । त्रिपुरेश्वरमा भएको हल पनि गोरखा भूकम्पले क्षतविक्षत भएको र अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । कमजोर भौतिक संरचनाका बावजुद भलिबल प्रतियोगिताहरु देशभर नै भइरहेका छन् ।

प्रकाशित मितिः २०७४ जेठ ९

वि.सं.२०७४ जेठ ९ मंगलवार १४:१० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...