back
NMB ad

गरिमा विकास बैंकले चार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने

Kumari bank ad

बेनी । गरिमा विकास बैंकले म्याग्दीका विभिन्न चार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

विद्यालय तहबाट विद्यार्थी र शिक्षकमार्फत अभिभावकमा वित्तीय शिक्षा उपलब्ध गराउने उद्देश्यले बेनी नगरपालिका–३ भकिम्लीको जयन्ती मावि, अन्नपूर्ण गाउँपालिकाको मुक्तिमार्ग मावि, मङ्गला गाउँपालिकाको मङ्गला शिक्षा क्याम्पस र धवलागिरि गाउँपालिकाको मुनामा रहेको धनजनता माविमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

जेठ महिनाभर चारै विद्यालयमा एक दिवसीय वित्तीय शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको गरिमा विकास बैंक बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुङ्गानाले जानकारी दिए । उनका अनुसार कार्यक्रममा सम्बन्धित विद्यालयका विद्यार्थीका अतिरिक्त, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घका पदाधिकारी र नवनिर्वाचित जनप्रतिनिधीलाई समावेश गरिनेछ ।

कार्यक्रममा बैंकमा खाता खोल्ने तरिका, बचतका फाइदा, वित्तीय सेवासुविधाका बारेमा बैंकका विभिन्न विभागमा कार्यरत उच्च अधिकृतले प्रशिक्षण दिने बताइएको छ । म्याग्दी जिल्लामा बेनीसहित दरबाङ, भुरुङतातोपानी र बाबियाचौरमा शाखा रहेको बैंकले सामाजिक उत्तरदायित्व बहन गर्न वित्तीय साक्षरता अभियान सञ्चालन गर्न लागेको जनाइएको छ ।

वि.सं.२०७४ जेठ ११ बिहीवार ०८:४२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...