back
NMB ad

नेपाली पर्यटन प्रोडक्टलाई बिश्व बजारमा आधुनिक शैलीमा बेच्ने यो शैली…! पढ्नुहोस्

Kumari bank ad

काठमाडौ । जुन १ देखि ४ सम्म राजधानी काठमाडौंमा आयोजना हुन गइरहेको हिमालयन ट्राभल मार्टमा सहभागीहरु आउने क्रम शुरु भएको छ । बिभिन्न देशबाट करीब १ सय जना सहभागिहरुको आगमन भइसकेको छ ।

मार्टमा बेलायत,अमेरिका,भारत,दक्षिण अमेरकिा,चीन, सिगापुर,श्रीलंका,कोरिया लगायत देशरुबाट सहभागी रहेका छन् । ब्लगरहरु, क्रेताहरु,बिक्रेताहरु नेपालको कला,संस्कृति,प्राकृतिक सुन्दरताको अबलोकन गर्न पनौती,चितवन,पोखरा,लुम्बिनी भ्रमणमा निस्की सकेका छन् ।

बिभिन्न देशबाट मार्टमा सहभागिरुको आगमनसँगै हिमालयन ट्राभल मार्टको रौनकता थपिएको छ । यस मार्टमा ९३ जना ब्लगरहरु, ७० जना क्रेताहरु, ४५ जना बिक्रेताहरु र प्रख्यात बक्ताहरुको सहभागिता रहने छ । महाबिनाशकारी भूकम्प र नाकाबन्दीले थिलथिलो पारेको पर्यटन उद्योगलाई यस हिमालयन ट्राभल मार्टले बिश्वबजारमा नेपालको पर्यटनको चर्चा र बहस हुने कार्यकारी आयोजक पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले जानकारी दिए । नेपालमा अन्र्राष्ट्रिय स्तरको पर्यटन इभेन्ट पहिलो पटक हुन गइरहेकोले नेपाली पर्यटन उद्योगको हिमालयन ट्राभल मार्ट कोशेढुंगा हुने पर्यटन बिज्ञहरुले आशा गरेका छन् ।

यस मार्टको होस्ट नेपाल सरकार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ भने आयोजक नेपाल पर्यटन बोर्ड र कार्यकारी आयोजक पाटा नेपाल च्याप्टर रहेको छ । पर्यटनसँग आबद्ध सबै संघ संस्थाहरुले यसमा आबद्धता जनाइसकेका छन् ।

यस मार्टमा ब्लगर र मिडियाको सम्मेलन र क्रेता र बिक्रेताबीचको सम्मेलनका आर्कषक पक्ष हुने छन् । हिमालयन ट्राभल मार्टबाट नेपाली पर्यटनको प्रोडक्टलाई बिश्व बजारमा कसरी आधुनिक शैलीमा बेच्न सकिन्छ भन्ने जानकारी मिल्ने पाटाका अध्यक्ष सुमन पाण्डले बताए । नेपाल हिमालयको प्रबेशद्धार हो भन्ने कुरालाई यस मार्टले पुष्टि गर्ने आयोजकले जानकारी दिएका छन् ।

प्रकाशित मितिः २०७४ जेठ ११

वि.सं.२०७४ जेठ ११ बिहीवार १५:२८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...