back
NMB ad

कृषि बिकास बैंकले गर्यो सयौंको सहभागितामा वित्तीय जागरणका लागि प्रभात फेरि कार्यक्रम

Kumari bank ad

काठमाडौं । कृषि विकास बैंकले वित्तीय जागरणका लागि प्रभात फेरि कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकमा क्रियाशिल क्षेत्रिय स्तरका ३ वटा कर्मचारी युनियनहरु नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल वित्तीय संस्था कर्मचारी संघ र कर्मचारी संघ नेपालले आम नेपाली जनताहरुलाई बैकिङ सेवा सम्बन्धि सूचना प्रवाह गर्ने तथा वित्तीय कारोबारमा जागरुप गराउने मुल उद्देश्य राखेर संयूक्त रुपमा प्रभात फेरि तथा वित्तीय जागरण कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा उपस्थित सबैलाई नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि बिकास बैंक लि.क्षेत्रिय समिती काठमाडौका अध्यक्ष बसन्त थापाले स्वागत गरेका थिए । त्यसै गरि नेपाल राष्ट्रिय कर्मचारी संगठन कृषि बिकास बैंक लि.,का क्षेत्रीय अध्यक्ष किरण फुयालले प्रभात फेरि कार्यक्रम लेखिएको व्यानर सहभागिलाई हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरेका थिए । शुक्रबार बिहान ७ बजे कृषि बिकास बैंक लि.क्षेत्रीय कार्यालय गौशलाको प्राङ्गगणबाट शुरु भएको प्रभात फेरि कार्यक्रम बैंकको सूचना मूलक व्यानर तथा बैंकिग चेतना मूलक जिंगलहरु बजाउदै पुरानो बानेश्वर चोकबाट रत्न राज्य लक्ष्मी स्कूलको मोड हुँदै भित्रीबाटोबाट प्रबेश गरि भिमसेनगोला सिनामंगल पुल नपुग्दै बिचबाटोबाट मोडिई भित्रीबाटो हुदैं गौशला चोकबाट क्षेत्रीय कार्यालय गौशलाको प्राङ्गगणमा आई सम्पन्न भएको थियो ।

प्रभात फेरि कार्यक्रको अबसरमा बाटोमा भेटिएका सर्वसाधारणलाई बैंकका बिभिन्न सेवा तथा व्यबसाय झल्कने ब्रोसर तथा लिफलेट बितरण गरिएको भियो । उक्त कार्यक्रममा बैंकको मुख्यालयमा कार्यरत कर्मचारी तथा क्षेत्रीय कार्यालयका निमित्त मुख्य निर्देशक कवि प्रसाद पाठक, निर्देशक, मुख्य शाखा प्रबन्धक, शाखा प्रबन्धक लगायत झण्डै २०० जना भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो । प्रभात फेरि कार्यक्रको क्रममा बाटो रुटलाई ब्यबस्थित गर्ने कार्य महानगरिय प्रहरी प्रभाग गौशलाले गरेको थियो । कार्यक्रमको अन्त्यमा बैंक कर्मचारी संघ नेपाल क्षेत्रीय समिती बागमतिका अध्यक्ष छगेन्द्र आचार्यले यस किसिमको प्रभात फेरि कार्यक्रमले बैंकको सेवा तथा सुबिधाहरुको बारेमा आम नेपाली जनताहरुलाई सूसुचित गराउने कुरा उल्लेख गर्दै आफ्नो व्यस्त समयका बाबाजुद पनि यूनियनले गरेको कार्यक्रममा सहभागिता जनाएका सम्पूर्ण महानुभाब तथा बाटो रुटलाई व्यबस्थित गराई कार्यक्रम सफल बनाउन सहयोग गरेकामा महानगरिय प्रहरी प्रभाग गौशलालाई धन्यबाद ज्ञापन गरेका थिए ।
१२ जेठ २०७४

वि.सं.२०७४ जेठ १२ शुक्रवार १०:५७ मा प्रकाशित

You can share this post!

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...