काठमाडौं । बचतकर्ताको बीमा गर्दै आएको सिभिल बैंक लिमिटेडले बचतकर्ताको निधन पश्चात दिइने निक्षेप बीमाको रकम हस्तान्तरण गरेको छ । सिभिलका बचतकर्ता, काठमाण्डौं बौद्घ निवासी भाले शेर्पा सवारी दुर्घटनामा परि निधन भएपछि हकवाला परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको हो । बैंकले शेर्पाकी हकवाला छोरी लाबूटी शेर्पालाई निक्षेप वचतबीमा रकम वापत रु ५ लाख प्रदान गरिएको वित्रप्ति मार्फत जनाएको छ । उक्त रकम शुक्रबार एक कार्यक्रमकाबीच बैंकका का.मु. प्रमुखकार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले हस्तान्तरण गरेका हुन् । बैंकले अन्यग्राहकहरुको पनि निक्षेप बीमागर्दै आएको छ ।
१२ जेठ २०७४
वि.सं.२०७४ जेठ १२ शुक्रवार १८:२३ मा प्रकाशित