back
NMB ad

सामुद्रिक बाटो हुँदै युरोप छिरेका शरणार्थी मध्ये एक हजार ३९८ जनाको बाटैमा मृत्यु !

Kumari bank ad

काठमाडौं । अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम) ले सन् २०१७ मा सामुद्रिक बाटोबाट युरोप पुग्ने शरणार्थी सङ्ख्या ६० हजार पुगेको शुक्रबार जनाएको छ ।

यो सङ्ख्या गत वर्षको तुलनामा सामान्य कमी भए पनि अझै गरिबी र द्वन्द्वका कारण विभिन्न एसियाली मुलुक र अफ्रिकी मुलुकबाट खतरा मोल्दै सामुद्रिक बाटो हुँदै युरोप छिर्ने सङ्ख्यामा अपेक्षित कमी नआएको आईओएमले जनाएको छ ।

जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय निकायका अनुसार जेनेभास्थित संयुक्र राष्ट्रसङ्घीय निकायका अनुसार यस वर्ष युरोप छिरेकामध्ये अधिकांश अर्थात् ८० प्रतिशत आप्रवासी इटाली हुँदै युरोप छिरेका छन् भने बाँकी २० प्रतिशत ग्रीस, साइप्रस वा स्पेन हुँदै यहाँ आएका हुन् ।

आइओएमले सन् २०१७ को जनवरीदेखि अप्रिलसम्म युरोप छिर्ने क्रममा खतरा मोलेर यात्रा गर्ने क्रममा सामुद्रिक तथा विभिन्न जङ्गली क्षेत्रमा मृत्यु भएको छ ।

अधिकांशको भूमध्यसागरीय क्षेत्र लिबिया र सिसिलीको बीचमा मृत्यु भएको थियो ।

मृत्यु सङ्ख्या गत वर्षको सोही समयको तुलनामा केही बढी हो । सन् २०१६ जनवरीदेखि मे महिनाबीचमा एक लाख ९३ हजार ३३३ आप्रवासी युरोप छिरेका थिए भने एक हजार ३९८ जनाको मृत्यु भएको थियो । एजेन्सि

वि.सं.२०७४ जेठ १३ शनिवार १२:३१ मा प्रकाशित

You can share this post!

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...