back
NMB ad

कृषि बिकास बैंकको आधुनीक बैकिङ सेवा विस्तार

Kumari bank ad

काठमाडौ । कृषि बिकास बैंक लिमिटेडले आक्रामक योजना अन्तर्गत आधुनीक बैकिङ सेवाहरु शहर देखि गाउँ सम्म विस्तार गर्ने भएको छ । बैंकिङ्ग सेवाबारे सबैलाई जानकारी गराउने अभिप्रायले “वित्तीय साक्षरता कार्यक्रम” संचालनमा ल्याई बैंकिङ्ग पहुंचमा सर्वसाधरणलाई समेटने गरी आफ्ना कार्यक्रमहरु बैंकका शाखाहरुबाट नियमित रुपमा संचालन गरिरहेको हो ।

नेपाल सरकारको अधिक शेयर हिस्सा रहेको यस बैंकले आफ्ना ग्राहकहरुको बचतमा समुचित व्याज उपलव्ध गराउंदै आएको छ । बैंकका प्रवक्ता तथा सूचना अधिकारी हिमलाल पौड्यालका अनुसार बैंकले कानुनी रुपमा स्थापित संघ संस्थाहरुमा कार्यरत कर्मचारीहरुका लागि “कर्मचारी निवृत्तीभरण बचत खाता” नामक नयां बचत योजना लगायत बचत तथा मुद्दती खातामा आकर्षण व्याज उपलव्ध गराउने गरी विविध नाम दिई बचत तथा मुद्दती योजना समेत संचालनमा ल्याएको छ ।
ग्राहकहरुको सुविधालाई ध्यानमा राखी उल्लेखित सुविधा तथा सेवाहरु देशका दुर्गम ठाउंमा रहेका बैकका शाखाहरुबाट नियमित रुपमा उपलव्ध गराईएको छ । यसै गरी प्रर्याप्त जानकारीको अभावमा बैंकिङ्ग सेवाबाट बञ्चित भएका आम नेपाली दाजु भाई÷दीदी बहिनीहरुलाई बैंकिङ्ग सेवाबारे जानकारी गराउने अभिप्रायले “वित्तीय साक्षरता कार्यक्रम” संचालनमा ल्याई बैंकिङ्ग पहुंचमा सर्वसाधरणलाई समेटने गरी आफ्ना कार्यक्रमहरु बैंकका शाखाहरुबाट नियमित रुपमा संचालन गरिरहेको पौड्याले बताए ।
बैंकले देशभर छरिएर रहेका आफ्ना ग्राहकहरुलाई आधुनिक प्रविधियूक्त बैकिङ्ग सेवा उपलव्ध गराउने उद्देश्य अनुसार नयां सेवा तथा सुविधाहरु थप्दै लग्ने क्रममा एस.एम्.एस बैंकिङ, मोवाइल बैंकिङ,भिसा कार्ड सेवाहरु उपलव्ध गराई सकेको छ । त्यस्तै एटिएम सेवालाई सर्वसाधारणको पहुंच हुने गरी ग्राहकहरुको माग अनुसार हाल ४१ वटा एटिएमबाट सेवा उपलव्ध गराउंदै आएको बैंकले जनाएको छ । बैंकले एटिएम सेवालाई ग्राहकको माग अनुसार थप्दै लग्ने नीति लिएको छ ।

 प्रकाशित मितिः २०७४ जेठ १६

वि.सं.२०७४ जेठ १६ मंगलवार १५:२० मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...