back
NMB ad

मध्यपुरथिमिः भ्रष्टाचारमुक्त समृद्ध नगरपालिका बनाइने घोषणा

Kumari bank ad

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा अर्थात् वृद्धभत्ता घर घरमा पु¥याउने निर्णय गरेको छ ।

सरकारले व्यवस्था गरेअनुसार बैंकसम्म ज्येष्ठ नागरिक भत्ता लिन आउन नसक्ने र हकवालालाई मञ्जुरी दिँदा हातमा भत्ता नपर्ने पाइएकाले यस्तो निर्णय गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।
सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका बैंकसँग नगरपालिकाले छलफल गरिसकेको छ । बैंकका कर्मचारीले नै घर घरमा भत्ता पु¥याउने गरी काम अगाडि बढिसकेको छ । नगरपालिकाको प्रमुख समस्याका रुपमा रहेको खानेपानी समस्या हल गर्दै आगामी छ महिनाभित्र सुलभ रुपमा पानी वितरण गर्ने निर्णय पनि भएको छ ।
मध्यपुरथिमिमा लालपुर्जा नभएका भूकम्पपीडितलाई पनि वडा कार्यालयको सिफारिसका आधारमा घर निर्माणका लागि स्वीकृति प्रदान गर्ने तथा भूकम्पपीडितको घर निर्माणमा नक्सा पास निःशुल्क गरिने निर्णय गरिएको छ ।

श्रेष्ठले भने “नगरपालिकाले गर्ने कुनै पनि सेवाप्रवाहमा जनताको गुनासो आउनु हुँदैन भन्ने मान्यताका साथ काम गर्न निर्देशन दिइएको छ, गलत गर्ने कर्मचारीलाई कारबाही गरिने राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार दियने र नयाँ कर्मचारीको हकमा कुनै पनि गलत काम गरेको पाइए ‘हायर एन्ड फायर’को नीति लिएका छौँ, मध्यपुरथिमि नगरपालिकालाई भ्रष्टाचारमुक्त नगर बनाउने हाम्रो प्रयासलाई कर्मचारी र जनताले साथ दिने विश्वास छ ।”

नक्सा पासमा अनियमितता हुने गुनासो बढी रहेकाले नगरप्रमुखले प्रत्यक्ष चासो दिने गरी व्यवस्था गरिएको छ । श्रेष्ठले भने “नक्सा पास, योजना छनोटजस्ता विषयमा मैले नै अधिकार राखेको छु, प्राविधिकले सबै प्रक्रिया पु¥याएपछि नियमसङ्गत रुपमा आएको नक्सा १५ देखि १८ दिनभित्रमा पास हुन्छ, प्रक्रिया नपुगेकालाई फाइलमै के प्रक्रिया आवश्यक छ, लेखेर पठाइने व्यवस्था गरेको छु, अब नागरिकले नगरपालिकालाई बुझाउने राजस्वबाहेक अरु केही पनि खर्च नगरी नक्सापास गराउन सक्ने व्यवस्था गरेको छु ।”

नगरपालिकामा लामो समयदेखि रहेको बेथिति र भ्रष्टाचारलाई नियन्त्रण गर्दै नगरको समग्र विकासमा आफ्नो ध्यान केन्द्रित रहेको श्रेष्ठले स्पष्ट गरे ।
२० जेठ २०७४

वि.सं.२०७४ जेठ २० शनिवार १०:३२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...