back
NMB ad

सक्रान्तिमा बिजुली आउँदा मानिसहरु किन हर्षित ?

Kumari bank ad

तेह्रथुम । तेह्रथुमको पूर्वी क्षेत्रको पुरानो तथा ऐतिहासिक व्यापारिक केन्द्र सक्रान्ति बजारमा शनिबारबाट विद्युत् विस्तार भएको छ । लामो प्रयासपछि बल्ल बजारमा विद्युत् विस्तार हुँदा स्थानीय हर्षित भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले सक्रान्ति बजारका ७९ घर र छ वटा कार्यालयमा विद्युत् जडान गरेर बत्ती बालेको इन्जिनियर दीपक दाहालले बताए। आठराई गाउँपालिकाको केन्द्रसमेत सक्रान्ति बजारमा प्राधिकरणले जिरिखिम्ती वितरण केन्द्रमा रहेको ३३ केभीए ट्रान्सफर्मरबाट मोराहाङ, पोक्लाबाङ, इसिवु हुँदै जम्दार डाँडामा ११ केभीए ट्रान्सफर्मर राखेर बजारमा विद्युत् सुविधा पु¥याएको हो ।

तर इसिवुदेखि सक्रान्ति बजारसम्मका पूरै गाउँमा अझै पनि विद्युतीकरण गरिएको छैन । गाउँपालिकाका सबै वडामा विद्युत् सेवा पुगेको छैन । यसअघि सोलार प्रविधिबाट दैनिक कार्य सञ्चालन गर्दै आएका स्थानीयले केन्द्रीय प्रसारण लाइनको बत्ती बाल्न पाउने भएपछि हर्षित भएका हुन् ।

विद्युत् सुविधा आएपछि सक्रान्ति बजारमा रहेका इलाका प्रशासन, गाउँपालिका कार्यालय, मालपोत, नापी, बैंक तथा वित्तीय संस्थालाई पनि सेवा प्रवाह गर्न सहज भएको छ । वर्षौंपछि बल्ल विद्युतीकरण भएकाले बजारवासी खुसी भएको स्थानीय भोला काफ्लेले बताए ।

“अब बजारमा उद्योग व्यवसाय फस्टाउने आशा गरिएको छ, विद्युतले थुप्रै व्यवसाय सञ्चालन गर्न सहयोग गर्ने छ, सक्रान्ति उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रेम पौडेलले भने। विद्युत् नहुँदा छानामाथि ससाना सोलार राखेर व्यवसाय चलाइरहेका व्यापारी र व्यवसायीलाई विद्युतीकरणबाट राहत मिलेको पौडेलले बताए ।

विद्युत् विस्तारका लागि बजारवासीले श्रमदान र नगद सहयोग समेत गरेका छन् । बजार क्षेत्रमा विद्युतीकरणका लागि उद्योग वाणिज्य सङ्घ उपशाखा सक्रान्ति बजारले अगुवाइ गरेको थियो ।

रासस
प्रकाशित मिति:२०७४ जेठ २२

वि.सं.२०७४ जेठ २२ सोमवार ११:०४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...