back
NMB ad

रेखाको सिउँदोमा आर्यनको सिन्दुर !

Kumari bank ad

काठमाडौ । १० वर्षे बैबाहिक सम्बन्ध टुङ्गाएर नायिका रेखा थापा अहिले एक्लो जीवनको रथ हाकिरहेकी छिन् भने नायक आर्यन सिग्देल श्रीमति सपना भण्डारीसँग बैबाहिक सम्बन्धको डोरीलाई अझ कसिलो बनाउँदैछन् । यस्तैमा नायक आर्यनले नायिका रेखा थापाको सिउँदो सिन्दुरले भरिदिएका छन् ।

के आर्यनले दोस्रो विवाह गरेका हुन् ? कतै सपनालाई धोका दिएर आर्यनले रेखासँग विवाह गरेका त होइनन् ? तपाईको मनमा सायद यी कुराहरु उब्जिरहेका होलान् । धेरैले त अनुमान पनि लगाइसक्नु भयो होला कि आर्यनले रेखाको सिउँदो रियलमा भरेका होइनन् । हो, आर्यनले श्रीमति सपना भण्डारीलाई धोका दिएर रियलमै नायिका रेखा थापालाई आफ्नी दुलही बनाएका होइनन् ।

सात वर्षपछि पानीबाराबारको सम्बन्धलाई चोखो बनाएर अहिले एउटै अंगालोमा बाँधिदै नायक आर्यन सिग्देल र नायिका रेखा थापा फिल्म रुद्र प्रिया मा रोमान्स गरिरहेका छन् । बन्दीपूरमा छायांकन भैरहेको फिल्म रुद्र प्रियाको एक सिनमा नायक आर्यन सिग्देलले नायिका रेखा थापाको सिउँदो भरेका हुन् । अहिले यो तश्वीर सामाजिक सञ्जालमा खुबै भाइरल बनिरहेको छ ।

लगातार खस्कदै गएको आफ्नो स्टारडम जोगाउनका लागि पनि रेखा र आर्यन सात वर्षपछि एउटै फिल्ममा काम गरेको चर्चाले अहिले सिनेवृतमा छुट्टै रौनकता ल्याएको छ । ४० दिनसम्म खिचिने यो फिल्मको छायांकन बन्दीपूर, पोखरा, जिरी लगायतका स्थानहरुमा हुनेछ । फिल्मका गीतमा अर्जुन पोख्रेल, राजनराज सिवाकोटी र सुरेश अधिकारीको संगीत रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।

‘रुद्र प्रिया’ का निर्देशक ‘माला’ फिल्मका निर्देशक सुदीप भूपाल सिंह हुन् । आमा सरस्वती थापा निर्माता रहेको फिल्म ‘रुद्र प्रिया’ मा रमेश पौडेलले लगानीमा रेखाले पनि साथ दिएकी छिन् । ‘रुद्र प्रिया’ पनि नारीप्रधान फिल्म हुने रेखाले जनाएकी छन् । फिल्मका सिनेम्याट्रोग्राफर सञ्जय लामा हुन् । फिल्मको रिलिज कार्तिक २ गते लक्ष्मी पुजालाई लक गरिएको छ ।फिल्मीखबरबाट

प्रकाशित मितिः २०७४ जेठ २३

वि.सं.२०७४ जेठ २३ मंगलवार १५:०५ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...