back
NMB ad

लिटल एन्जल्स स्कुलको स्विमिङ पुलमा डुबेर बालकको रहस्यमय मृत्यु !

Kumari bank ad

ललितपुर । ललितपुरको हात्तिवनस्थित लिटल एन्जल्स बोर्डिङ स्कुलको स्विमिङ पुलमा डुबेर एक बिद्यार्थीको रहस्यमय ढंगले मृत्यु भएको छ ।

विद्यालयको होस्टेलमा बसेर कक्षा ८ मा अध्ययनरत धनुषाका १४ बर्षिय राहुल शाहको हिजो साँझ डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । यद्यपी शाहका परिवारले भने हत्या भएको दाबी गरेका छन् ।

शाहलाई डुबेको अबस्थामा देखेपछि उद्धार गरी अस्पाताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ । उनको शव पोष्टमार्टमको लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पातालमा राखिएको छ ।

यसैबीच बालकका आफन्तले राहुलको मृत्यु स्वाभाविक नभई हत्या भएको भन्दै प्रहरीमा जाहेरी दिएका छन् । सुरक्षा घेरामा रहने होस्टल भित्रै डुबेर मृत्यु हुनु रहस्यमय भएको भन्दै आफन्तले विद्यालयका सञ्चालक उमेश श्रेष्ठ, विद्यालयका प्रिन्सिपल, होस्टल वार्डेन लगायत ४ जना बिरुद्ध किटानी जाहेरी दिएका हुन् ।

मृतकका ठुलोबुवा सत्यनारायण शाहले पौडी खेलेर खोला वारपार गर्ने क्षमता भएको राहुलको डुबेर मृत्यु हुन असम्भव रहेको भन्दै हत्या गरेर उनलाई स्विमिङ पुलमा फालिएको आरोप लगाए । रेडियो कान्तिपुरबाट

प्रकाशित मितिः २०७४ जेठ २३

वि.सं.२०७४ जेठ २३ मंगलवार १५:२२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...