back
NMB ad

१२० यात्रु सवार सैनिक विमान दुर्घटनाज्रस्त अवस्थामा फेला

Kumari bank ad

सय भन्दा बढि यात्रु बोकेर बुधबार दिउँसो म्यानमारको दक्षिणी सहर मिइकबाट यांगुनका लागि उडेको वाई–८ एफ–२०० हराइरहेको विमानको भग्नावशेष आन्डमन सागरमा फेला परेको छ । विमान बुधबार दिउँसो एक बजेर ३५ मिनेट जाँदा आन्डमन सागरमाथि पुगेपछि ट्राफिक कन्ट्रोलरसँग सम्पर्कविहीन भएको थियो ।

विमानमा १ सय भन्दा बढि सैनिक र उनीहरुको परिवार सवार थिए । सम्पर्कविहीन भएपछि उक्त विमानको खोजीको लागि नौसेना परिचालन गरिएको थियो । हराइरहेको विमान दुर्घटना अवस्थामा फेला परेको र विमान टुक्रा टुक्रा भएको अवस्थामा दक्षिणी मिइकबाट १३६ माइलको दूरीमा रहेको समुद्रमा नौसेनाले फेला परेको मिइक सहरका पर्यटन व्यवसायी नेइङ लिन जाले बताए ।

चालकदलका १४ सदस्य सहित १२२ जना विमानमा रहेको बताईएपनि विमानमा कति यात्रु थिए भन्ने यकिन तथ्यांक सार्वजनिक भइसकेको छैन । म्यानमारको कमान्डर इन चिफको कार्यालयका अनुसार विमानमा सवार यात्रुमध्ये अधिकांश सिपाही र उनीहरूका परिवार थिए । उनीहरूमध्ये एक दर्जनभन्दा बढी बालबालिका थिए । हराइरहेको विमानको खोजीको लागि चारवटा जलसेनाका र दुईवटा हवाई फोर्सका विमान परिचालन गरिएको सेनाले जनाएको छ ।

म्यान्मारमा वर्षातको मौसम सुरु भए पनि विमान उडेको समयमा मौसममा कुनै खरावी नरहेको बताइएको छ । विमान प्राविधिक अथवा अन्य कारणले दुर्घटना भएको हो भन्ने विषयमा अनुसन्धान भैरहेको बताइएको छ ।

‘विमानमा प्राविधिक समस्या आएको हुनुपर्छ, विमान उडेको आकाशमा मौसम सफा थियो,’ विमानस्थल स्रोतको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ । म्यन्मारी सेनाले चीनमा निर्मित सो विमान गत वर्षको मार्चमा किनेको र उक्त विमान सेनाको सामान ओसारपसारका लागि प्रयोग गरिन्थ्यो ।फाईल फोटो

प्रकाशित मितिः २०७४ जेठ २५

वि.सं.२०७४ जेठ २५ बिहीवार १४:०९ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...