back
NMB ad

रामदेबको पतञ्जली आयुर्वेदिक केन्द्रद्धारा उत्पादित औषधि नेपालमा प्रतिबन्ध !

Kumari bank ad

काठमाडौ। भारतका चर्चित योग गुरु बाबा रामदेवको पतञ्जली आयुर्वेदिक केन्द्रको उत्पादन विभिन्न चार प्रकारका औषधि नेपालमा विक्री वितरण गर्न रोक लगाइएको छ । नमूना परीक्षणका क्रममा न्युन गुणस्तरीय तथा गुणस्तरहीन भएको पाइएपछि औषधि व्यवस्था विभागले औषधिको बिक्री वितरणमा रोक लगाएको हो ।

रोक लागेका औषधिहरुमा विलादी चूर्ण, अभिपत्तिकर चूर्ण, अजमोदादी चूर्ण तथा सितोफलादी चूर्ण रहेका छन् ।

ती औषधि बजारबाट तत्काल फिर्ता गर्न विभागले सार्वजनिक सूचनामार्फत सम्बन्धित निकायलाई जानकारी गराइसकेको छ । साथै ती औषधि प्रयोग नगर्न नगराउनसमेत सम्बन्धित निकाय सबैलाई अनुरोध गरिएको छ ।

विभागद्वारा जारी सूचनामा भनिएको छ , ‘पतञ्जली आयुर्वेदिक केन्द्रद्वारा उत्पादित औषधि न्युन गुणस्तर भएको पाइएपछि औषधि ऐन–२०३५ को दफा १४ बमोजिम विक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न तथा सोको विवरण विभागमा पेश गर्न सम्बन्धित आयातकर्ता तथा तिनका अधिकारिक प्रतिनिधिहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रकाशित मितिः २०७४ जेठ २५

वि.सं.२०७४ जेठ २५ बिहीवार १३:०० मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...