back
NMB ad

काठमाडौमा यसरी बन्दैछ बाहिरी चक्रपथ,तपाईको जग्गा के हुन्छ अब ? हेर्नुहोस् !

Kumari bank ad

काठमाडौ । काठमाडौ उपत्यकामा सबैले महत्वका साथ हेरेको परियोजना बाहिरी चक्रपथको पहिलोखण्ड निर्माणको काम अगाडि बढाउने तयारी थालिएको छ । यसका लागि बाहिरी चक्रपथ विकास आयोजनाले यही जेठ भित्रै जग्गा अधिग्रहणको कार्यक्रम सक्ने बताईएको छ ।

आयोजनाले बहिरी चक्रपथको पाइलट प्रोजेक्टका रुपमा चोभार–सतुंगल खण्डको ६ दशमलब ६१८ किलोमिटरको काम केहि दिनभित्रै आरम्भ गर्दैछ । सो खण्डको डिपिआर बैशाख १३ गते स्विकृत भएको थियो भने जेठ १५ गते राजपत्रमा प्रकाशित भएको थियो ।

सरकारले आगामी आर्थिक बर्षका लागि बाहिरी चक्रपथ विकास आयोजनालाई १० करोड बजेट उपलब्ध गराएको छ । बाहिरी चक्रपथमा ५० मिटर चौँडाईको अत्याधुनिक सडक निर्माण हुनेछ । ६ अर्ब ३० करोडको लागतमा पाइलट प्रोजेक्टको काम सम्पन्न हुने डिपिआर प्रतिवेदनमा उल्लेख गरिएको छ । चोभार, भत्केपाटी, मच्छेगाँउ, सतुगङ, गुर्जुधारा र धवलागिरि आवास आसपासका विभिन्न ६ स्थानबाट एकैपटक बाहिरी चक्रपथ निर्माण सुरु हुँदैछ ।

जग्गाको हकमा के हुन्छ ?

बाहिरी चक्रपथ विकास आयोजनाको पाइलट प्रोजेक्टका २४ सय कित्ता धनीले घर बनाउन जमिन किन्नुपर्ने भएको छ । सरकारले घर बनाउनका लागि तोकेको न्युनतम २ आना २ दाम जमिन नपुग्ने भएपछि उनीहरुले जमिन किन्नुपर्ने भएको हो । बाहिरी चक्रपथ आयोजनाका लागि जमिन योगदान गर्दा २४ सय कित्ता जमिन २ आना २ दाम भन्दा कम निस्कने आयोजना अधिकृत ध्रुब सापकोटाले जानकारी दिए ।

उनीहरुका लागि सेल्स प्लटमा जमिनको व्यवस्था गरिनेछ र आवश्यक जमिन न्युनतम मूल्यमा उपलब्ध गराइनेछ । ‘२ आना २ दाम भन्दा कम जमिन निस्कनेहरुले न्युनतम मूल्यमा थप जमिन खरिद गर्न पाउनेछन, बाहिरी चक्रपथले कसैलाई पनि सुकुम्बासी बनाउँदैन’, आयोजनाका अधिकृत सापकोटाले भने ।

आयोजनाका अनुसार बाहिरी चक्रपथ आयोजनाले ओगट्ने उक्त क्षेत्रको सूचना सार्वजनिक भएकै दिनबाट बिक्रीवितरण तथा कित्ताकाट रोकिन्छ । सबै जग्गा सरकारले प्राप्ति गरी दुई वर्षभित्रै जग्गा विकास गरेर सम्बन्धित क्षेत्रका स्थानीयलाई नै फिर्ता दिनेछ । यो जग्गा अधिग्रहणपछि निर्माण हुने बाहिरी चक्रपथ योजनामा करिब २ सय भन्दा बढि घर पर्ने भएका छन् । यी घरका लागि सरकारले उचित क्षतिपूर्ति दिनेछ । यो योजनका लागि सबै स्थानीयले बाटो बनाउन न्युनतम ५ प्रतिशत जग्गा पूर्वाधार निर्माणमा योगदान गर्नुपर्छ भने ७.६ प्रतिशत जग्गा बाहिरी चक्रपथ निर्माण गर्न योगदान गर्नुपर्छ ।

२४ अर्ब रुपैंयाको लागतमा सम्पन्न गर्ने भनेर १० वर्ष अगाडि यो योजना अगाडि बढाईएको थियो । हाय यस आयोजनाको अनुमानित लागत ७० अर्बभन्दा माथि रहेको छ । ७२ किलोमिटर लामो यो आयोजनाले काठमाडौं, ललितपुर र भक्तपुरलाई जोड्नेछ ।

ring_road Ktm(Bahiri)

चार लेनको सडकमा फुटपाथ, साइकल लेन र ठुला सवारीका लागि छुट्टै लेनको समेत व्यवस्था गरिएको हुनेछ । यसरी निर्माण हुने बाहिरी चक्रपथ आयोजनाले उपत्यकाको कुल जमिनको १० प्रतिशतलाई व्यवस्थित शहरीकरणमा रुपान्तरण गर्ने लक्ष्य लिईएको छ ।

यो सडकमा चार वटा फ्लाईओभर समेत निर्माण गरिनेछ । जसमा अरनिको राजमार्ग, त्रिभुवन राजपथ, फास्ट ट्रयाक, पासाङल्यामु सडकमा फ्लाईओभर निर्माण हुनेछ ।

प्रकाशित मितिः २०७४ जेठ २६

वि.सं.२०७४ जेठ २६ शुक्रवार ११:०५ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...