back
NMB ad

लामो समय पछि कमला नहर सिँचाइ निर्माण कार्य सुरु

Kumari bank ad

सिरहा। लामो समयदेखि लथालिङ्ग भएको कमला नहर सिँचाइ योजना निर्माणकार्य दू्रतगतिमा अगाडि बढाइएको छ । विगत तीन वर्षदेखि सिँचाइ मन्त्रालयले योजनावद्ध रुपमा बजेटको व्यवस्था गर्दा कमला नहरको निर्माण कार्य बढाइएको हो ।

सरकारको ढिलासुस्ती र बजेट अभावका कारण २०१७ सालमा तत्कालीन सिँचाइ मन्त्री गणेशमान सिँहले शिलान्यास गर्नुभएको कमला नहर उपेक्षित भएको थियो ।

सिरहाको ४० गाविस र धनुषाका ३६ गाविसमा सिँचाइ गर्ने सरकारी लक्ष्य बजेट अभावका कारण नहर व्यवस्थापन र निर्माण कार्य पूरा नभएको स्थानीय बासिन्दाको भनाइ छ ।

अहिले मूल नहरको लम्बाइ ३० किलोमिटिर, आठ नहर शाखा तथा १७ पुराना शाखा रहेको सो नहरबाट प्रत्येक वर्ष धान र गहुँखेतीका लागि दुई पटक पानी छर्ने गरिएको र आवश्यकता परे पानी छाडिदै आएको डिभिजनका प्रमुख गौतम ठाकुरले बताए ।

कमला नदीको व्यवस्थापन नहुँदा बर्सेनि आउने बाढीले सिरहा, धनुषा र सीमावर्ती क्षेत्र भारतको बिहारमा डुबान हुनुका साथै धनमालको ठूलो क्षति हुने गरेको बताइन्छ ।

नहर सिञ्चित क्षेत्रमा प्रतिकठ्ठा पाँच मन धान र तीन मन गहुँ उत्पादन भइरहेको छ ।

जिल्ला कृषि विकास कार्यालय सिरहाका अनुसार कमला नहरबाट सिँचाइमा धेरै सुविधा पुगेको र यसलाई थप व्यवस्थित गर्नुपर्ने अवस्था रहेको बताइएको छ ।

डिभिजन कार्यालयका अनुसार चालु आर्थिक वर्षमा कमला नहरको वृहत सरकारी सिँचाइ योजनातर्फ रु १७ करोड र मर्मत तर्फ रु दुई करोड निकासा गरिएको छ । समृद्ध तराई– मधेस सिँचाइ कार्यक्रमका लागि रु पाँच करोड विनियोजन भएको र त्यस अनुसार कार्य भइरहेको छ ।

लामो समयदेखि कमला नदीको कटान र डुबानमा पर्दैआएको सिरहा पश्चिम र धनुषाको पूर्वी क्षेत्रमा आवश्यक निर्माण गरी नहर सञ्चालन गरेपछि सिरहा र धनुषाका साढे १२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको कमला हर्दिनाथ सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय पोर्ताहाले जनाएको छ ।

 

 

प्रकाशित मितिः२०७४ जेठ २७

वि.सं.२०७४ जेठ २७ शनिवार १२:४३ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...