back
NMB ad

काठमाडौं महानगरमा कार्यपालिका एमालेको बर्चस्व

Kumari bank ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा सम्पन्न भएको नगर कार्यपालिका सदस्य निर्वाचनमा नेकपा एमालेको सबै उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहित १५७ जनाले मतदान गरेका थिए ।

काठमाडौँ नगर कार्यपालिकामा निर्वाचित महिला सदस्यमध्येबाट पाँच जना र महानगरको मतदाता नामावलीमा नाम भएका आम दलित र अल्पसङ्ख्यकमध्येबाट तीन जना गरी आठ जना सदस्यको छनोटका लागि शुक्रबार निर्वाचन सम्पन्न भएको हो । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि यस निर्वाचनका मतदाता रहेका थिए ।

गएको वैशाख ३१ गते सम्पन्न निर्वाचनबाट पूरा सङ्ख्यामा उम्मेदवारी परेको भए महानगरमा प्रमुख र उपप्रमुख गरी मतदाता १६२ हुन्थे । तर त्यस निर्वाचनमा वडा नं २४, २५ र २७ बाट कुनै पनि दल वा स्वतन्त्रतर्फबाट दलित महिलामा उम्मेदवारी दर्ता हुन नसकेकाले १६२ मा तीन सिट खाली हुन गई १५९ सिटमा मात्र प्रतिनिधि चयन भएको थियो । यो सङ्ख्यामा पनि दुई जना मतदानमा अनुपस्थित भएपछि मतदाताको सङ्ख्या १५७ हुन पुगेको हो ।

नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको प्रतिस्पर्धामा नेकपा एमालेका तर्फबाट महिला सदस्यतर्फ वडा नं ६ की लक्ष्मी श्रेष्ठ ९४ मत, वडा नं २५ की रमिता कमल स्थापित ९४ मत, वडा नं २६ की कान्ता अधिकारी गौतम ९३ मत, वडा नं १४ की रश्मी खड्का ९३ मत र वडा नं ३२ की हीरादेवी पोख्रेल ९१ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

त्यसैगरी, दलित वा अल्पसङ्ख्यकबाट पनि नेकपा एमालेकोतर्फबाट दीपक गोर्खाली राई, प्रेम पोडे जारी र पासाङ नुर्वु लामाले ९४÷९४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

निर्वाचित सदस्यसहित अब महानगरमा ३२ वडाध्यक्ष, प्रमुख, उपप्रमुख र आजका आठ सदस्यसहित ४२ नगर कार्यपालिका सदस्य भएका छन् ।
२७ जेठ २०७४

वि.सं.२०७४ जेठ २७ शनिवार ०९:१८ मा प्रकाशित

You can share this post!

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...