back
NMB ad

वडा अध्यक्षमा बुबा र छोराको प्रतिष्पर्धा,आमा कसैलाई भोट नहाल्ने पक्षमा !

Kumari bank ad

बैतडी । बैतडीको पुरचौडी नगरपालिका वडा नम्बर ७ मा वडा अध्यक्ष पदका लागि बुवा छोराबिच प्रतिस्पर्धा हुने भएको छ । पुरचौडी नगरपालिकाको वडा नं ७ मा नेकपा एमालेका तर्फबाट ६८ वर्षका नागी साउद अध्यक्ष पदका उम्मेद्वार बनेका छन् भने उनका छोरा उज्ज्वल साउद माओवादी केन्द्रबाट अध्यक्ष पदको उम्मेद्वार बनेका छन् ।

नातामा बुवाछोरा भए पनि वैचारिक भिन्नता भएपछि आफूहरुले अलग अलग पार्टीबाट उम्मेद्वार बनेको उज्ज्वल साउदले बताए । अहिले बुवा छोरा आ–आफ्नो पार्टीबाट प्रचाप्रसारमा जुटिरहेका छन् ।
बुवा नागी साउदले २०५४ सालको स्थानीय निर्वाचनमा साविकको कोटिला गाविसको अध्यक्ष पदमा निर्वाचित भएर काम गरेकाले आफूले अहिले वडाको विकासका लागि उम्मेद्वारी दिएको बताए । नाताले छोरा भए पनि उज्ज्वलसँग वैचारिक भिन्नता भएकाले आफूले उम्मेद्वारी दिएको उनले बताए ।

नागी साउद पहिलेको निर्वाचनमा जितेकाले आफूले वडा अध्यक्ष पदमा जित्ने बताउँछन् भने उज्ज्वल साउद आफूले युवाको प्रतिनिधित्व गर्ने भएकाले जित्ने दाबी गर्छन् । एकैघरका दुईजना उम्मेद्वार बनेपछि घरपरिवारका अन्य सदस्यहरुलाई भने मतदानका बिषयमा अलमल परेको छ । नागी साउदकी श्रीमती नन्दा साउदलाई सबैभन्दा बढी समस्या भएको छ । श्रीमान र छोरा दुवै उम्मेद्वार बनेपछि उनी कसैलाई पनि भोट नहाल्ने मनस्थितिमा पुगेकी छिन् ।

प्रकाशित मितिः २०७४ जेठ ३०

वि.सं.२०७४ जेठ ३० मंगलवार ०८:४६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...