back
NMB ad

ड्राइभ टुरिजम तथा पार्किन्सन रोगबारे जनचेतनामूलक च्यालेन्ज राईड हुँदै

Kumari bank ad

काठमाडौँ । नेपालमा ड्राइभ टुरिजम् तथा पार्किन्सन रोगबारे जनचेतना अभिवृद्धिका लागि आगामी जुन २१ अर्थात् असार ७ गते मेची टु महाकाली च्यालेन्ज राइड’ हुने भएको छ । प्रमोद श्रेष्र्ठ गुफी ’ले यो राइड २४ घण्टामा समापन गर्ने भएका हुन् । उनले यो राइड महेन्द्र राजमार्गको पूर्वदेखि पश्चिमसम्म गर्दैछन् ।

यस द एमटुएम च्यालेन्ज हिमालयन इन्फिल्डर्सको आयोजनामा हुन लागेको हो । यसलाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गर्ने भएको छ ।

राइडर प्रमोद श्रेष्ठका अनुसार २४ घण्टाको राइड भनिएपनि यस द यमटुएम च्यालेन्ज जुन १९ बाट प्रारम्भ भई जुन २४ मा समापन हुनेछ । यस च्यालेन्जको सुरुवात जुन १९ को बिहान ८ बजे काँकडभिट्टाबाट सुरुवात भइ भोलिपल्टको बिहान ८ बजे महेन्द्रनगरमा पुगेर अत्य हुने छ । यस सँगसगै पार्किन्सन रोगको बारेमा जनचेतना जगाउने खालका कार्यक्रम आयोजना गरिने छ । यसका लागि उनका साथमा अन्य राइडरहरुको सहभागिता रहनेछ ।

कार्यक्रममा सहभागी नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य कृष्णकुमार अर्यालका अनुसार नेपालमा पहिलो पटक हुन लागेको द यमटुएम च्यालेन्जले डाईभ टुरिजमका माध्यमबाट नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसारमा महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

फ्रेन्ड्स अफ रोयल इन्फिडर्स (फोन), नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा), नेपाल मोटरसाइकल फेडरेसन क्लब( एनएमएफसी), रोयल इन्सिल्ड नेपाल, एभरेष्ट बैँक र बुद्ध एयरले द यमटुएम च्यालेन्जलाई सहयोग गर्ने भएका छन् ।

प्रकाशित मितिः २०७४ असार १

वि.सं.२०७४ असार १ बिहीवार १७:५८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...