काठमाडौ । साताको पहिलो दिन आईतबार सेयर बजार परिसूचक नेप्से १३.६१ अंकले घटेर १५७५.९८ अंकमा झरेको छ । यसदिन क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.९५ अंकले ओरालो लागेको छ ।
आईतबार सेयर बजारको अधिकाँश हिस्सा ओगट्ने बाणिज्य बैंक समूह नै १७ दशमलव ४ अंकले ओरालो लागेको छ । यसदिन सबै समूहको परिसूचक रातै अंकले पोतिएको छ । होटल्स, विकास बैंक जलबिधुत्, फाईनान्स, बीमा, उत्पादन र अन्य समूह क्रमशः १८.३६, १०.९३, ३१.२८, ०.८५, १४.७४, ८.७३ र ०.२५ अंकले ओरालो लागेको छ ।
आईतबार बजारमा १ सय ४३ कम्पनीका ४ हजार ९ सय ६ कारोबारबाट ८ लाख ४३ हजार ९ सय १२ कित्ता सेयर किनबेच भई ५९ करोड ३३ लाख ८८ हजार रुपैंया बराबरको कारोबार भएको छ ।
लगानीयोग्य रकमको अभाव, हकप्रद, बोनस वितरण लगायत र राजनीतिक कारण पनि बजारमा लगानीकर्ता हच्केको अनुमान गरिएको छ ।
प्रकाशित मितिः २०७४ असार ४
वि.सं.२०७४ असार ४ आइतवार १६:०२ मा प्रकाशित