back
NMB ad

तल्लो जातको मानिने दलित समुदायका व्यक्ति भाजपाको राष्ट्रपतिको उम्मेदवार !

Kumari bank ad

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीले सवै भन्दा तल्लो जातको मानिने दलित समुदायको व्यक्तिलाई राष्ट्रपतिको उम्मेदबार बनाएको छ । पिछडिएको समुदायलाई अगाडी बढाउन भन्दै दलित समुदायका एक व्यक्तिलाई भाजपाले सोमबार राष्ट्रपति पदका लागि उम्मेदबारी दर्ता गर्न लगाएको जनाएको छ ।

मुलुकको सवैभन्दा माथिल्लो औपचारिक पदका लागि ७१ बर्षीय रामनाथ कोभिन्डले उम्मेदबारी दर्ता गराएका हुन् । राज्यको सवैभन्दा उच्च पदमा यसअघि एक जना मात्रै दलित पुगेका थिए ।

बर्तमान राष्ट्रपति प्रणव मुखर्जीको अर्को महिना कार्यकाल सकिने भएकाले भारतमा नयाँ राष्ट्रपतिको निर्वाचन हुन लागेको छ । राष्ट्रपति छनौट गर्न भारतमा केन्द्रीय र प्रदेश संसदका सांसदहरुले मतदान गर्ने व्यवस्था छ । सत्तारुढ दल भाजपाले आफ्ना उम्मेदवारलाई विजयी बनाउन सवैबाट आवश्यक सहयोग पाउने विश्वास लिएको छ ।

यसअघि दलित समुदायको तर्फबाट पहिलो राष्ट्रपति भएका के आर नारायननले सन् १९९७ देखि २००२ सम्म मुलुकको सर्वश्रेष्ठ पदको जिम्मेबारी सम्हालेका थिए ।

प्रकाशित मितिः २०७४ असार ६

वि.सं.२०७४ असार ६ मंगलवार ११:०२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...