back
NMB ad

मेयरको उम्मेदवारले गुम्यो प्रमोद श्रेष्ठको एफएनसीसीआर्इ उपाध्यक्ष पद !

Kumari bank ad

काठमाडौ।नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रमोद श्रेष्ठको पद खारेज भएको छ। महासंघको मंगलबार बसेको कार्यसमिति बैठकले उनको पद खारेज गरेको हो।

सक्रिय राजनीतिमा होमिदा निजी क्षेत्रको सबैभन्दा बलियो संस्थाको जिल्ला तथा नगरको उपाध्यक्ष पद श्रेष्ठले गुमाउन पुगेका हुन्। नेकपा एमालेबाट म्याग्दीको वेनी नगरपालिकाको मेयर उम्मेद्वार बनेपछि श्रेष्ठको पद खारेज भएको हो।

महासंघको ५१औं साधारणसभामा जिल्ला नगर तर्फबाट उपाध्यक्ष निर्वाचित भएको तीन सातामै श्रेष्ठ मेयरको उम्मेदवार बनेपछि महासंघले उनीसँग तीन दिनको स्पष्टीकरण सोधेको थियो। उनले स्पष्टीकरण चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि महासंघको पदाधिकारी बैठकले विधान अनुसार हटाउने निर्णय गरेको थियो। महासंघको पदाधिकारी बैठकले गरेको निर्णय कार्यसमिति बैठकमा पेश गरिएको थियो।

महासंघकी अध्यक्ष भवानी राणाले कार्यसमिति बैठकमा श्रेष्ठलार्इ हटाउने प्रस्ताव पेश गरेकी थिर्इन्।

1 2

बैठकमा केही कार्यसमिति सदस्यले श्रेष्ठलार्इ हटाउने निर्णयको विरोध गरेका थिए। स्रोतका अनुसार महासंघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य शिवप्रसाद घिमिरे, डा तिलचन्द्र भट्टरार्इ र कृष्णप्रसाद शर्माले श्रेष्ठलार्इ हटाउने निर्णय कार्यान्वयन गर्न नहुने भन्दै आफ्नो मत जाहेर गरेका थिए।

स्रोतका अनुसार श्रेष्ठ मेयरको उम्मेदवार बनेपनि पराजित भएको भन्दै कार्यकारी भूमिकामा नरहेकोले पद खारेज गर्नुनपर्ने उनीहरुले जिकिर गरेका थिए।

तर कार्यसमितिको बहुमत सदस्यको निर्णय अनुसार श्रेष्ठलार्इ हटाउने निर्णय भएको महासंघका एक सदस्यले बताए। महासंघ विधानको दफा ४६ अनुसार ‘कार्यकारिणी अधिकार भएको कुनै राजनीतिक प्रकृतिको पदमा नियुक्त भएमा वा निर्वाचित भएमा अध्यक्ष, बरिष्ठ उपाध्यक्षहरु र कोषाध्यक्ष पद रिक्त हुने’ प्रावधान अनुसार श्रेष्ठलार्इ हटाइएको हो। एमालेबाट कार्यकारी जिम्मेवारीमा जाने गरि मेयरको उम्मेद्वार भएपछि स्वतः उनको पद रिक्त भएको महासंघको ठहर छ।

प्रकाशित मितिः २०७४ असार ७

वि.सं.२०७४ असार ७ बुधवार १०:४४ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...