back
NMB ad

इ–सेवालाई राष्ट्र बैंकको लाइसेन्स्,इ–सेवामार्फत के–के सेवा लिन सकिन्छ ? पढ्नुहोस्

Kumari bank ad

काठमाडौ । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पे.प्रा.लि.ले भुक्तानी सेवा प्रदायकको लाईसेन्स् प्राप्त गरेको छ । इसेवालाई मंगलबार राष्ट्रबैंकले लाइसेन्स् प्रदान गरेको हो ।

राष्ट्रबैंकले इसेवालाई राष्ट्रबैंक भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२ को विनियम १९ ले दिएको अधिकार प्रयोग गरी राष्ट्रबैंकबाट जारी शर्त तथा निर्देशनको अधीनमा रही दुरसञ्चार सञ्जालको माध्यमबाट डिजिटल वालेट ( ग्राहक र सेवाप्रदायकको बिचमा मध्यस्तता गरी भुृक्तानी गरिदिने र स्वदेशमा गरिने मनि ट्रान्स्फर गर्ने) कार्य गर्न भुक्तानी तथा फछर्यौट अनुमति नीति २०७३ बमोजिम लाइसेन्स् प्रदान गरेको हो ।

राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त भएपछि इसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले भने, “हामीले अबदेखि अझ व्यवस्थित र जिम्मेवार तरिकाले इसेवालाई तिब्र रूपामा विकास गर्छौ, क्यासलेस कारोबार बनाउने राष्ट्रबैंकको नीतिलाई सफल बनाउने गरी हाम्रो सेवाको पहुँच बढाउँछौ । ”

इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । विगत सात वर्षदेखि सञ्चालनमा रहेको इसेवाले नेपालका ७५ वटै जिल्लामा सेवा दिँदै आएको छ । मोबाईल तथा इन्टरनेटबाट भुक्तानी गर्न सकिने इसेवाका मुलुकभर २५ हजार बढी जोन पोइन्ट रहेका छन् । राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त गरेसँगै मुलुकभित्र रेमिट्यान्स् कारोबार समेत सुरू गर्ने तयारी गरेको कार्यकारी अधिकृत अलीको भनाई छ । इसेवाको मोबाईल एप्स् डाउनलोड गरी इसेवा चलाउनेको संख्या डेढ लाख छ भने इन्टरनेट मार्फत् इसेवा चलाउनेको संख्या ८ लाख रहेको छ । यसैगरी जोन पोइन्टमार्फत् अप्रत्यक्ष रूपमा इसेवा प्रयोग गर्नेको संख्या ५० लाख नाघेको छ ।

इसेवा मार्फत् मोवाइल रिचार्ज, टपअप, बिजुली, खानेपानीको बिल भुक्तानी, एयरलाइन्स्, बस टिकट, मुभी टिकट खरिद जस्ता सय भन्दा बढि सुविधा लिन सकिन्छ ।

प्रकाशित मितिः २०७४ असार ७

वि.सं.२०७४ असार ७ बुधवार १०:५४ मा प्रकाशित

You can share this post!

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...