back
NMB ad

कारबम आक्रमणबाट ३४ को मृत्यु , दर्जनौ घाइते

Kumari bank ad

अफगानिस्तान । आफ्नो तलब लिनको लागि लाइनमा लागेका सरकारी कर्मचारीलक्षित अफगानिस्तानको लासकर घा सहरमा भएको कारबम आक्रमणमा परी ३४ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छ । रमाजानको महिनामा भएको यो रक्तपात पूर्ण पछिल्लो घटना हो ।

घाइते हुनेहरुको उपचारार्थ अस्पताल लगिएको अधिकारीहरुले बताएका छन् ।

आक्रमणपछि चराको प्वाँख जस्तोगरी धुवाँको मुस्लो आकाश तर्फ गएको थियो । रमजानका बेला सरकारले युद्धविरामको घोषणा गरेपनि तालिवानी लडाकुहरुले भने देशव्यापी आक्रमणलाई तीव्रता दिएका छन् ।

रमजानको समापनको दिनका लागि किनमेल गर्न चाहिने पैसा लिनका लागि बैंकको अगाडी लाईनमा बसेका सर्वसाधारण र सरकारी जागिरेहरुको मृत्यु भएको बताइएको छ ।

सो बैंकमा सन् २०१४ पछिको यो तेस्रो आक्रमण हो । तर सुरक्षाबल र सरकारी कर्मचारीलाई लक्षित गरी भीषण आक्रमण गर्ने घोषणा गरी बसेका तालिवानी आतङ्ककारी समूहले नै यो आक्रमण गरेकोे अनुमान प्रहरीले गरेको छ ।

मृत्यु भएका मध्ये अधिकांश महिला र बालबालिका सहितका आम नागरिक रहेका छन् । सरकारी प्रवक्ता आमार जवाकले मृतकको सङ्ख्या बढ्न सक्ने बताउनु भएको छ ।

घटनास्थल लास्कार घा अफगानिस्तानको हेल्मण्ड प्रान्तको राजधानी हो । (फाइल फोटो)

प्रकाशित मितिः २०७४ असार ९

वि.सं.२०७४ असार ९ शुक्रवार ०८:२६ मा प्रकाशित

You can share this post!

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...