back
NMB ad

४० प्रतिशत ग्रामीणवासीले विद्युत्को पहुँच बाहिर

Kumari bank ad

रसुवा। हिमाली जिल्ला रसुवाको दूरदराजका ४० प्रतिशत ग्रामीणवासीले अझै विद्युत् सेवाको उपभोग गर्न पाएका छैनन् ।

गोसाइँकुण्ड गाउँपालिकाको चन्दनबारी गरदागाङ, लाङटाङ, उत्तरगयाको तिरु, नौकुण्डगापाको आरुखर्क, सिङबन्दी, दोकलाङ, राजाङबच्चा र घोमुगाउँको केही भागमा अझैसम्म विद्युत्को व्यवस्था नहुँदा आजको युगमा पनि अन्धकारमा बस्नु परेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

भूकम्पपछि अद्यावधिक तथ्याङ्कले रसुवा जिल्लाको घरधुरी सङ्ख्या ११ हजारको हाराहारीमा देखाए पनि नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कले घरघरमा विद्युत् मिटर जडान गर्नेको सङ्ख्या ६ हजार ६७३ रहेको बताउँदै प्राधिकरण रसुवा शाखा प्रमुख सोभितबहादुर क्षेत्रीले लाङटाङ र तिरुबाहेक अन्य क्षेत्रमा विद्युत् लाइन जडानको प्रक्रिया अगाडि बढेको जानकारी दिए । विद्युत् मिटर माग गर्ने ग्राहकलाई तुरुन्तै जडान गर्दैआएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मितिः २०७४ असार ९

वि.सं.२०७४ असार ९ शुक्रवार ०७:५९ मा प्रकाशित

You can share this post!

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३७

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने...

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया  कार्यक्रम सम्पन्न

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय,...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...