back
NMB ad

स्वयम्भु,हनुमानढोका क्षेत्र र पहुपतिनाथ मन्दिरमा अब निःशुल्क इन्टरनेट सुविधा

Kumari bank ad

काठमाडौ । स्वेदेशी तथा विदेशी पर्यटकहरुलाई थप सुविधा दिनका लागि काठमाडौ महानगरपालिकाले पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेट सुविधा बिस्तार गर्ने भएको छ । काठमाडौ महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालका अनुसार पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेटको सुविधा राख्ने र प्रवेश शुल्कमा तिरेको पैसाले नै पर्यटकहरुले उक्त सुविधाको उपभोग गर्न पाउने भएका छन् ।

तत्कालका लागि स्वयम्भु, हनुमानढोका क्षेत्र, पशुपतिनाथ मन्दिर वरपर इन्टरनेट राखिने तयारी भएको छ । त्यसका लागि महानगरले छिट्टै टेन्डर आह्वान गर्नेछ । साथै कामनपाले बालाजु पार्कमा पनि इन्टरनेट राख्नका लागि बोलपत्र आह्वान गरिसकेको र केही समयमा नै सो काम सुचारु हुने भएको छ ।

एक बर्षअघि रत्नपार्कमा निःशुल्क इन्टनेटको सुविधा राखेपछि पर्यटकको संख्या बढेसँगै महानगरले अन्य पर्यटकीय स्थलमा पनि राख्ने तयारी गरेको हो । यो कार्य अब महानगरको पहिलो प्राथमिकतामा रहको सहप्रवक्ता ढकालले बताए । इन्टरनेट राख्नुपूर्व रत्नपार्कको बार्षिक आम्दानी ५० लाख रुपैया हुने गरेको थियो । इन्टरनेटको सुविधा विस्तारसँगै हाल बार्षिक आम्दानी एक करोड रुपैया हुने गरेको कामनपमको दाबी रहेको छ ।

रत्नपार्कमा इन्टरनेट राखेको एक बर्ष भयो । इन्टरनेटसँगै त्यहाँको सौन्दर्य राम्रो बनाएपछि पर्यटकको आगमनमा वृद्धि भएकाले अन्य स्थानमा पनि यस्तो व्यबस्था गर्न लागिएको बुझिएको छ । पर्यटकहरुको संख्या वृद्धिसँगै त्यस ठाउँको सुन्दरता कायम गर्नका लागि यस्तो कार्य गर्न लागिएको हो ।

प्रकाशित मितिः २०७४ असार १३

वि.सं.२०७४ असार १३ मंगलवार १५:३१ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...