back
NMB ad

बैंकको ३८% बोनस सेयरको यो विषय थाहा पाउनुभएको छ नि ? थाहा नभए पढ्नुहोस् !

Kumari bank ad

काठमाडौ । लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको कमाईबाट आफ्ना सेयरधनीलाई ३८ प्रतिशत बोनस सेयर दिने भएको छ । मंगलबार अर्थात् असार १३ गते सम्पन्न लक्ष्मी बैंकको सोह्रौँ वार्षिक साधारणसभाले आ.व. २०७२/०७३ सम्मको संचित मुनाफाबाट २०७३ आसार मसान्तमा कायम सेयर पूँजीको ३८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सो बोनस सेयर २०७३ असार मसान्त पश्चात प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति गरेवापत सो विकास बैंकका सेयरधनीहरुलाई जारी गरिएको सेयर तथा १०० प्रतिशत हकप्रद सेयर पश्चात हाल कायम पूँजीको १८.२९ प्रतिशत हुन आउँछ । प्रोफेशनल दियालो विकास बैंकबाट कायम भई आएका सेयरधनीहरु, १०० प्रतिशत हकप्रद सेयरको बाँडफाँडबाट कायम सेयरधनीहरु तथा अवितरित हकप्रद सेयरको लिलामीबाट कायम सेयरधनीहरु समेत उक्त बोनस सेयर पाउन योग्य हुने बैंकले जनाएको छ ।

साधारणसभाले सर्बसाधारण सेयरधनीको तर्फबाट संचालक सदस्यमा विश्वकरण जैन र स्वाती रुंगटालाई पुनःनिर्वाचित गरेको छ । साथै साधारणसभाद्धारा बैंकको संस्थापक साधारण सेयरधनीको अनुपात परिवर्तन गरी संस्थापक सेयर ५१ प्रतिशत र साधारण सेयरको अनुपात ४९ प्रतिशत बनाउने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

प्रकाशित मितिः २०७४ असार १४

वि.सं.२०७४ असार १४ बुधवार १७:३८ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...