back
NMB ad

एभरेष्ट इन्सुरेन्सको सेयर कारोबार खुल्यो तर कारोबार हुन सकेन !

Kumari bank ad

काठमाडौ । नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से)ले एभरेष्ट इन्सुरेन्सको सेयर कारोबार खुला गरेको छ । धितोपत्र बोर्डले नेप्सेलाई पत्र पठाएपछि एभरेष्टको कारोबार खुला भएको हो । संवेदनशील सूचनाहरु चुहावट गरेको आशंकामा यसअघि धितोपत्र बोर्डले एभरेष्टको सेयर कारोबारमा रोक लगाउन नेप्सेलाई निर्देशन दिएको थियो । यसरी असार ६ गतेदेखि एभरेष्टको सेयर कारोबार रोकिएको थियो ।

एभरेष्टको कारोबार खुला भएपनि सरकारले ब्रोकर कमिसनमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेपछि ब्रोकरहरु आन्दोलित छन् । यसका कारण बिहीबार सेयर बजारमा कुनै कारोबार हुन सकेको छैन । एभरेष्टले विगत ५ वर्षको साधारण सभा एकै पटक बोलाएर २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

बोनसलाई असार २३ बस्ने साधारण सभाबाट पारित गर्ने प्रस्ताव गरिएको छ । यो बोनसमा नेप्सेले मूल्य समायोजन पनि गरिसकेको छ ।

प्रकाशित मितिः २०७४ असार १५

वि.सं.२०७४ असार १५ बिहीवार १३:०७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...