back
NMB ad

तपाईलाई कति कित्ता पर्छ,शनिबार बाँडफाँड हुने आईपिओबारे जान्नुहोस् !

Kumari bank ad

काठमाडौ । छ्याङ्दी हाइड्रोपावरको आइपीओ शनिबार अर्थात् असार १७ गते बाँडफाँट हुने भएको छ । ग्लोबल आइएमई क्यापिटलका अनुसार छ्याङ्दीको आईपीओ असार १७ गते अम्रपाली ब्याङ्क्वेट, बालुवाटार काठमाडौमा बिहान ९ बजे बाँडफाँट हुनेछ ।

यो आइपीओमा कुल ३ अर्ब ७२ करोड २९ लाख २४ हजार ४०० रुपैयाँको सेयर आवेदन परेको छ । जसमा कुल ९० हजार ३५ जनाले सेयर भरेका छन् । आस्वाबाट मात्रै ५९ हजार ८१९ जना आवेदकले २ अर्ब ७३ करोड ४२ लाख ६०० रुपैयाँ बराबरको सेयर भरेका छन् ।

यसैगरी, परम्परागत तरिकाबाट ३० हजार ३१६ जनाको ९८ करोड ८७ लाख २३ हजार ८०० रुपैयाँ बराबरको आवेदन परेको छ । छ्याङ्दीले जेठ १४ गतेदेखि १८ गतेसम्म ५ लाख ४० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।

१०० रुपैयाँ अंकित मूल्यको यो आइपीओमा न्यूनतम ५० देखि २७ सय कित्तासम्म आवेदन दिन पाइने व्यवस्था थियो । कम्पनीले निष्कासन गरेको सेयरमध्ये १० हजार ८०० कित्ता सेयर कर्मचारीलाई छुट्याएको छ भने २७ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषलाइ दिएको छ ।

प्रकाशित मितिः २०७४ असार १६

वि.सं.२०७४ असार १६ शुक्रवार ११:३१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...