back
NMB ad

उत्तर कोरियाद्धारा अहिलेसम्मकै सबैभन्दा लामो दुरीमा मार हान्न सक्ने क्षेप्यास्त्र परीक्षण !

Kumari bank ad

उत्तर कोरियाले फेरि ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ । विश्व समुदायको आग्रहका बिपरीत उत्तरले मङ्गलबार सो क्षेप्यास्त्र परीक्षण गरेको समाचारमा जनाइएको छ ।

मङ्गलबारका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यसलाई एक ठूलो समाचारका रुपमा बिहानैदेखि प्रचारमा ल्याएका छन् । यसलाई संयुक्त राज्य अमेरिकालाई दिइएको चेतावनीका रुपमा पनि लिइएको छ । किनभने संयुक्त राज्य अमेरिकाले उसको स्वतन्त्रता दिवसको तयारी गरिरहेका बेला यता उत्तरले भने शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ ।

सोमबारमात्र भएको अमेरिकी र चिनियाँ राष्ट्रपतिबीचको फोनवार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणलाई रोक्न र यसबाट उत्पन्न अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा अग्रसरता लिन चीनलाई आग्रह गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तरले जारी राखेको सो परीक्षणका कारण कोरियाली प्रायद्वीपमा बिगत लामो समयदेखि जारी तनावपूर्ण अवस्थाका बारेमा कुराकानी गरेको भोलिपल्टै उत्तरले आज यो परीक्षण गरेको छ । यसलाई निकै शक्तिशाली क्षेप्यास्त्रका रुपमा लिइएको छ । आणविक हतियारसम्बन्धी विज्ञहरुका अनुसार सो परीक्षण यसअघिको भन्दा निकै शक्तिशाली रहेको र यसले अलास्कासम्म मार हान्न सक्ने खालको रहेको सम्म भनेका छन् ।

यसअघि उत्तर कोरियाली नेताले आफ्नो देशले अमेरिकासम्म मार हान्नसक्ने क्षमताको क्षेप्यास्त्र निर्माणको तयारी गरिरहेको जनाएका थिए । तर यसलाई अमेरिकी राष्ट्रपति ट्रम्पले भने असम्भव भनेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार भएको चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको वार्तापछि गरेको ट्वीटमा उत्तर कोरियाको यस आणविक परीक्षणको कामलाई वाहियात भनेका छन् र यसलाई सधैँका लागि बन्द गराउने काम गर्न चीनलाई पनि आग्रह गरेका छन् ।

कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताका लागि चीनको अहम भूमिका हुने अमेरिकी भनाई रही आएको छ । उता दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले पनि हालै अमेरिका भ्रमणका क्रममा उत्तर कोरियाको यो बारम्बारको क्षेप्यास्त्र परीक्षणको खेती रोक्न आग्रह गरेका थिए । उत्तर कोरियाले गएको दुई वर्षयतादेखि निरन्तर रुपमा आणविक परीक्षणलाई जारी राखेको छ । साथै दक्षिण कोरिया र अमेरिकाको विरोधका अभिव्यक्तिहरु पनि उत्तर कोरियाले आक्रामक रुपमा दिने गरेको छ ।

उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लङ्घन गरेको विश्व समुदायको प्रतिक्रिया छ । संयुक्त राष्ट्रसंघ, अमेरिका, दक्षिण कोरिया, जापानमात्र नभएर विश्व समुदायले यस्तो आणविक परीक्षणको क्रियाकलाप तत्कालै रोक्न उत्तर कोरियालाई कैयौं पटकसम्म आग्रह गरी आएका छन् । तर उत्तरले उनीहरुको आवाजको बेवास्ता गर्ने गरेको छ ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाबारे पछिल्लो समयमा बढी मात्रामा नै चासो लिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । उनले आपूm राष्ट्रपति भएदेखि नै अमेरिकाको कोरियाली नीतिमा चासो बढाएका हुन् ।

यो परीक्षणलाई उत्तर कोरियाली रक्षा अधिकारीहरुले शक्तिशाली भनेका छन् । उनीहरुले यसको औपचारिक नामाकरण र घोषणा भने गरेका छैनन् । सञ्चारमाध्यमहरुले यस परीक्षणपछि उत्तर कोरियाली नेताको प्रतिक्रिया के आउछ भन्ने बारेमा केही बताउन नसकिएको जनाएका छन् ।

यो परीक्षणपछि अमेरिकी राष्ट्रपति ट्रम्पले गर्नुभएको ट्वीटमा भनेका छन्, यो मान्छे (सम्भवत उत्तर कोरियाली नेतालाई लक्षित) उसको जीवनमा राम्रो गर्ने कुनै कामै पाउँदैन कि क्या हो ?

उत्तर कोरियाली राजधानी प्योङयाङको नजिकैको एक समुद्रबाट यो क्षेप्यास्त्र परीक्षण गरिएको छ । मङ्गलबारको यो परीक्षणबाट करिब २ हजार ५०० किलोमीटरसम्म मार हान्न सक्ने क्षमता रहेको अनुमान जापानले गरेको छ । रासस/एएफपी

प्रकाशित मितिः २०७४ असार २०

वि.सं.२०७४ असार २० मंगलवार १३:५६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...