back
NMB ad

‘ १/२ वर्ष सगरमाथालाई आराम दिनुप¥यो’:कीर्तिमानी आरोही

Kumari bank ad

काठमाडौँ । “सगरमाथामा यसरी नै लापर्बाही गर्ने हो, भने अबको केही वर्षमा फोहरको डङ्गुरले अस्तित्व खतरामा पर्छ,”–सोह्र पटक सगरमाथा चढेका कीतिमानी आरोही पेम्बा दोर्जे शेर्पा भने,“म सरकारलाई आग्रह गर्दछु की सगरमाथालाई १/२ वर्ष आराम ‘रेस्ट’ दिउँ ।”

सर्वोच्च शिखर सगरमाथाको अस्तित्वलाई जोगाउन त्यहाँको सबै फोहर सफा गर्नुपर्ने भएकाले आरोहणलाई केही समय रोकी अन्य ‘भर्जिन’ हिमालमा आरोहण सञ्चालन गरिनुपर्ने आरोही पेम्बाको भनाइ छ । पहिला २÷ ३ वर्ष सरसफाइ गरेको भए पनि त्यतिखेर हिउँ धेरै भएकाले सार्थकता पाउन नसकेको अनुभव सुनाउँदै आरोही शेर्पालाई यस वर्षको वसन्त ऋतुमा सगरमाथा चड्दा चुचुरोमा देखिएको ५/७ वटा आरोहीको शवले खिन्न बनाएको छ ।

सगरमाथाको ८ हजार मिटर माथी मात्रै झन्डै ५ टन फोहर रहेको दाबी गर्ने शेर्पाका अनुसार सबैभन्दा बढी क्याम्प चारमा छ, त्यहाँ फराकिलो चौर रहेकाले धेरै आरोहीको सामान फालिएको छ । अर्का कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा पनि सगरमाथाको क्याम्प चार माथी शव थुप्रिएकाले प्रदूषित बन्दै गएको बताए । बाह्र पटक सगरमाथा आरोहण गर्नुभएका शेर्पाले भने–“सगरमाथाको क्याम्प चारमाथी ८ वटा शव देखेको छु, धेरै पहिला देखिका शव त्यहाँ छन् केही त हावाले उडाएर लगिसक्यो । अघिल्लो वर्ष मृत्यु भएका आरोहीका शव पनि बाटोमै छरपष्ट देखिन्छन् ।”

आरोहणको ६४ वर्षे इतिहासमा देशको पहिचानलाई विश्वमा फैलाउन सरगमाथाको योगदान छ । विश्वकै सम्पत्तिका रुपमा रहेको यसको साखलाई जोगाउन चुनौती बढेको स्वयम् आरोही बताउँछन् । सगरमाथा क्षेत्रमा फोहर व्यवस्थापन नहुनु र अवैध आरोहणले यसको साख गिराउने होकी भन्ने उनीहरुमा चिन्ता छ ।

पद्यात्रा र भिडियो खिच्न जानेको संख्या बढ्दो छ । तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथामा पहिलो मानव पाइला टेका थिए । त्यसयता करिब आठ हजार पर्वतारोहीले सो शिखर चुमिसकेका छन् । आरोहणकै क्रममा २९० भन्दा बढी आरोहीले ज्यान गुमाइसकेका छन् । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल मध्ये नेपालमा आठवटा रहेका छन् ।

बर्सेनि बढ्दो आकर्षणको भीड र अस्वस्थ्य प्रतिस्पर्धाले यसको गरिमालाई कमजोर पारेको छ । सगरमाथा आरोही सङ्घका अध्यक्ष माया शेर्पा सगरमाथाको गरिमालाई जोगाई आरोहणलाई गुणस्तरीय बनाउन उचित नीतिको आवश्यकता रहेको र यसलाई ‘स्पेसलाइज’ गर्नुपर्नेमा जोड दिन्छन् ।

सगरमाथामा सफाइ चाहियो

सगरमाथालाई आराम नै चाहिएको होत, भन्ने जिज्ञासामा नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष आङछिरिङ शेर्पा आरामभन्दा पनि फोहर व्यवस्थापन चुनौतिपूर्ण हो भन्दै सफाइलाई निरन्तरता दिनुपर्ने बताउँछन् ।

‘इको एभरेष्ट एक्स्पिडिसन’ले सन् २००८ देखि हालसम्म सगरमाथाबाट १७ हजार ७०० किलो फोहर सङ्कलन गरी व्यवस्थापन गरिसकेको छ । ती फोहर साउथ पोल, क्याम्प दुई र तीनबाट सङ्कलन गरिएको हो । सगरमाथाको अर्को प्रमुख चुनौती आरोहीको दिसापिसाब हो । यसले हिमाललाई प्रदूषित बनाउने गरेको अध्यक्ष शेर्पा बताउँछन् । “सगरमाथा क्षेत्रमा अझै थुप्रै शव बाँकिरहेका छन्,” उनले भने।

विभिन्न कम्पनीले आ–आफ्नै ढङ्गले फोहर सङ्कलन गर्ने भएकाले अहिलेसम्म कति फोहर जम्मा गरियो भन्ने यकिन विवरण छैन । हिमालको फोहर २०० वर्षसम्म पनि जस्ताको तस्तै रहने बताइन्छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिका उपाध्यक्ष लामाकाजी शेर्पाले आरोहण याममा आरोहीले लगेका खानेकुरा, कोक, क्यानका बोतललगायत फोहर उतै छोडेर आउने प्रवृत्तिका कारण फोहर बढेको र समितिले हरेक याममा सफाइ गर्दै आएको बताए । क्याम्प दुई भन्दामाथी चुचुरोसम्म हिमाल धेरै पग्लने हुँदा सरसफाइमा केही समस्या आउने गरेको उनको भनाइ छ ।

हिलारी ‘स्टेप’ भत्किएकै होत !

विसं २०७२ को गोरखा भूकम्पपछि अन्तर्राष्ट्रियरुपमै चर्चित हिलारी ‘स्टेप’ भत्किएको भन्ने चर्चा अन्तर्राष्ट्रिय जगतमा समेत छायो । तर, यसबारे विभिन्न आरोही तथा त्यससँग सम्बन्धित संस्था विज्ञको फरक धारणा आइरहेको छ । आरोही पेम्बा शेर्पाका अनुसार हिलारी स्टेप भत्किएको धेरै हल्ला भए पनि त्यो यथार्थ नभई हिलारी स्टेप माथिको ढुङ्गो खसेको हो ।

एनएमए अध्यक्ष शेर्पा हिलारी स्टेप केही परिवर्तन (ढुङ्गा सरेको) पाइए पनि यसको वास्तविकता पत्ता लगाउन आधिकारिक अनुसन्धानका लागि सरकारले पहल गर्नुपर्ने खाँचो औंल्याउँछन् । पर्यटन विभाग, पर्वतारोहण शाखाका अनुसार यस वर्षको वसन्त ऋतुमा स्वदेशी तथा विदेशी गरी ४४८ जनाले सगरमाथा आरोहण गरेका छन् । रासस

प्रकाशित मितिः २०७४ असार २७

वि.सं.२०७४ असार २७ मंगलवार १४:५६ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...