back
NMB ad

सिद्धार्थ एक्वायर गरेपछि जनता बैंकको एकिकृत कारोबार शुरु

Kumari bank ad

काठमाडौ। जनता बैंक र सिद्धार्थ बिकास बैंकले शुक्रबार देखि एकीकृत कारोबार सुरु गरेका छन्।सिद्धार्थ डेभलपमेन्ट बैंक एक्वायरपछि जनता बैंकले एकिकृत कारोबार सुरु गरेको हो । एकिकृत कारोबारको नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणी शिवाकोटीले आरम्भ गरेका हुन् ।

७ अर्ब चुक्ता पुँजी पुर्याएको बैंकले आगामी बोनस सेयर दिएर ८ अर्ब पुँजी पुर्याउने बताएको छ ।एक्वायरपछि जनता बैंकको शाखा सञ्जाल ११३ वटा पुगेको छ ।

एकीकृत कारोबार उद्धाटनमा कार्यक्रममा बोल्दै कामु गर्भनर शिवाकोटीले असोज मसान्तसम्ममा चुक्ता पूँजी पुर्याउन नसक्ने बैंक तथा वित्तिय संस्थाहरुलाई राष्ट्र बैंकले निक्षेप संकलन, कर्जा प्रवाह र शाखा विस्तारमा रोक लगाउने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले बाणिज्य बैंक तर्फ सबै भन्दा धेरै उत्पादनशिल क्षेत्रमा लगानी गर्ने बैंकका रुपमा जनता बैंक स्थापित भैसकेको बताए । प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले बैंकको शाखा विस्तार नभएका १४ जिल्लाका १५ स्थानीय तहमा बैंकले शाखा विस्तार गर्ने तयारी गरेको बताए । कार्यक्रममा बैंकर्स एसोसियसनका अध्यक्ष अनिल शाहले २८ वटा बाणिज्य बैंकहरुबिचको प्रतिष्पर्धामा जनता बैंक अब्बल हुने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मितिः २०७४ असार ३०

वि.सं.२०७४ असार ३० शुक्रवार १८:१० मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...