back
NMB ad

अमेरीकाको निती निर्माण तहमा नेपाली पुगेको हेर्न चाहन्छु –राजदुत कार्की

Kumari bank ad

नातिबाबु भट्ट, कोलोराडो (अमेरीका) । नेपाली राजदुत डा. अर्जुनकुमार कार्कीलेअमेरिकाको नीति निर्माण तहमा नेपाली पुगेको हेर्न चाहेको बताएका छन् । उनले संखुवासभा कम्यूनिटी अफ यूएसएको अधिवेसन उद्धाटन गर्ने क्रममा संखुवासभा जिल्लाबाट अमेरीकोको विभिन्न स्टेडमा बसोबास गर्ने नेपालीहरुलाई सो कुरो बताएका हुन् ।america 1

संखुवासभा कम्यूनिटी अफ यूएसएको दोश्रो अधिवेसन एक समारोहमा बोल्दै उनले अमेरीकामा बसेर नेपालको राजनीति गर्नु भन्दा अमेरिकामा राजनीति गरी नीति निर्माण तहमा पुग्न सके त्यसबाट नेपालले धेरै फाईदा लिन सक्ने र आफुले त्यो हेर्न चाहेको बताएका छन् ।
संखुवासभा कम्यूनिटी अफ यूएसएका अध्यक्ष शान्ति श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालको झल्को दिनेगरी प्रमुख अतिथी र विशेष अतिथीहरुलाई पञ्चकन्या र कुमारहरुले फुलमालाले स्वागत गरेका थिए ।america 3
नेपालको राष्ट्रियगान र अमेरिकाको राष्ट्रियगान गाएर सुरुगरिएको कार्यक्रमको राजदुत कार्किले पानसमा बत्तीबालेर उद्धाटन गरेका थिए ।

समारोहमा संस्थाको १ सय ९० सदस्यहरु मध्ये सिनीयर सदस्य तथा आजीवन सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरी खादा पहि¥याएर सम्मान गरेका थियो । सोही समारोहमा संस्थालाई सहयोग गर्ने दाताहरुको सहयोग अनुसार लाईफ लङ , गोल्ड , प्लाटिनम र सिल्भरमा वर्गिकरण गर्दै उनीहरुलाई विशेष सम्मान सहित धन्यबाद दिईएको थियो ।

कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, व्यवसायी ,पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । विशेष अतिथिको भुमिका निवाह गर्दै हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ, लायन्स मनराम फाउण्डेसनका अध्यक्ष सुजन श्रेष्ठ, सिटी अफ आर्टेसिया क्यालीफोर्नियाका प्लानिङ कमिष्नार भक्त थापाले सुभकामना मन्तव्य दिएका थिए ।

उद्धाटनसत्र पछि सम्पन्न बन्दसत्रले पुःन शान्ति श्रेष्ठको अध्यक्षतामा ३१ सदस्यि नयाँ कार्य समिती निर्विरोध चयन गरेको छ । यसरी निर्बिरोध चयन हुनेहरुमा वरिष्ठ उपाध्यक्ष, पवन बराकोटी खनाल, उपाध्यक्षहरुमा मनिषा श्रेष्ठ, बेदनिधि दाहाल, मुकेश श्रेष्ठ, बिनोद गौली, महासचिव हरिकुमार श्रेष्ठ, सचिव पदमराज तमाङ र कोषाध्यक्ष नोयनाथ पोख्रेल रहेका छन् ।

त्यसैगरी अन्य पदाधिकारीहरुमा बिष्णु पौडेल सितल पब्लिक रिलेसन अफिसर, प्रमोद श्रेष्ठ प्लानिङ अफिसर, शरद श्रेष्ठ ईभेन्ट अफिसर, अनिमेष श्रेष्ठ टेक्निकल अफिसर रहेका छन् । यसैगरी कार्यसमितीका बोर्डअफ डिरेक्टरहरुमा चेतमान श्रेष्ठ, डिएन श्रेष्ठ, नेत्र पोख्रेल, किरण शोभा कार्की, पदम थापा, रिपेन्द्र कार्की, गणेश श्रेष्ठ, उत्तम श्रेष्ठ, कृष्णराज गिरी, सन्तोष काले, मीना माष्के, बिक्रम श्रेष्ठ रहेका छन् । बांकी छ जना अध्यक्षले मनोनित गर्ने महासचिव हरिकुमार श्रेष्ठले बताएका छन् । कार्यक्रमको अन्त्यमा अध्यक्ष शान्ति श्रेष्ठले कार्यक्रममा उपस्थितहुने र कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएकी थिईन् ।

प्रकाशि मितिः २०७४ साउन १

वि.सं.२०७४ साउन १ आइतवार १४:२९ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...