back
NMB ad

लोकप्रिय नीति-कार्यक्रम सहित थाक्रेको ३३ करोड ७१ लाख ६० हजार बजेट सार्वजनिक

Kumari bank ad

धादिङ । स्थानीय तहको निर्वाचन पछि थाक्रे गाउँपालिकाले पहिलो बजेटमै जनताको मन छुने लोकप्रिय नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार सदरमुकाम महादेवबेसीमा आयोजित प्रथम गाउँ सभामा कुल ३३ करोड ७१ लाख ६० हजार बजेट विनियोजन गर्दै उपाध्यक्ष अम्विका रुपाखेतीले वडा स्तरबाटै माग भई आएकोले सबै भन्दा धेरै बजेट सडकमा छुट्याएको घोषणा गरिन् । गाउँपालिका भित्र रहेका ५९ वटा सडकको स्तरोन्नतीका लागि ४ करोड १९ लाख विनियोजन गरिएको छ । त्यस्तै
गाउँपालिकाका ११ वडा मध्ये ७ वटा भाडा बस्नुपर्ने बाध्यात्मक अवस्थालाई मध्यजनर गर्दै गाउँपालिकाको एउटा भवन र ५ वटा वडा कार्यालयको सेवाग्राही मैत्री कार्यालय भवन यसै आर्थिक वर्ष भित्र निर्माण गर्ने गरी २ करोड विनियोजन गरिएको छ ।
४३ वटा सामुदायिक विद्यालय रहेको थाक्रेमा शिक्षा क्षेत्रको पूर्वाधार तथा व्यवस्थापनको लागि कुल १ करोड ७७ लाख विनियोजन गरिएको छ ।
त्यस्तै नयाँ खानेपानी आयोजना शुरु गर्नुपूर्व विस्तृत सर्भे डिजाईन गरेर ३ वर्ष भित्र सम्पन्न गर्ने गरी कार्य गर्न साथै मर्मत सम्भार तथा सर्भे डिजाईन तयार गर्न समेत कूल १ करोड ६६ लाख ५० हजार विनियोजन गरिएको सभामा प्रस्तुत कितावमा उल्लेख गरिएको छ ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको बैकमा व्यक्तिगत खाताखोली वैँक मार्फत वितरण गर्ने व्यवस्था गर्नुका साथै व्यक्तिगत घटना दर्ता सवै वडामा अनलाईन प्रणालिमार्फत बनाईने उल्लेख छ ।
कृषिलाई अर्थतन्त्रको मुख्य आधारमा लिईएको बताइए पनि ११ वटा वडाका लागि जम्मा ५१ लाख रुपियाँ मात्र विनियोजन गरिएको छ ।
गाउँपालिका स्तरमा १५ शैयाको अस्पताल निर्माणमा आवश्यक पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । स्वास्थ्य संस्था सम्मको पहुँच अभिवृद्धि गर्न गाउँपालिका स्तर र भूमेस्थान स्वास्थ्य चौकीमा एम्बुलेन्स खरिद गर्न समेत बजेट विनियोजन गरिएको छ । बजेटले महिला स्वास्थ्य स्वयंसेविकाको कार्यको प्रशंसा गर्दै उनीहरुलाई सामाजिक सेवामा प्रोत्साहित गर्न विगतमा प्रदान गरिँदै आएको चार सय रुपियाँमा बढाएर एक हजार मासिक खाजा खर्च उपलब्ध गराउने कुरा संवोधन गरेको छ ।
पर्यटन क्षेत्रको विकासवाट रोजगारीका अवसरहरु सिर्जना गर्न र थाक्रेलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अध्ययन, सर्वे डिजाइन तथा पूर्वाधार विकास ३१ लाख बजेट विनियोजन गरिएको छ । पर्यटनलाई महत्वका साथ पहिलो बजेटमै सम्बोधन गरिएको बताउँदै उपाध्यक्ष रुपाखेतीले आगामी दिनमा गुरु योजना निर्माण गरेर थाक्रेलाई पर्यटन मार्फत समृद्ध गाउँपालिका बनाउन लागि पर्ने बताइन् ।
युवा खेलकुदलाई प्राथमिकतामा राखेको थाक्रेले आगामी ५ वर्ष भित्र प्रत्यक वडामा १ खेल मैदान निर्माण गर्ने लक्ष्य लिएको छ । महादेववेशीमा आर्थिक वर्ष २०७४/७५ मै मिनि कभर्डहलको निर्माण गर्ने गरी एकमुष्ट २७ लाख ५० हजार विनियोजन गरेको बजेट वक्तब्य मार्फत उपाध्यक्ष अम्विका रुपाखेतीले जानकारी दिइन् ।
शनिबार सम्पन्न प्रथम गाउँ सभाको उद्घाटन स्थानीय विकास अधिकारी जीवलाल भुषालले पानसमा बत्ति बालेर गरेका थिए । सभाको पहिलो सत्रमा उपाध्यक्ष अम्विका रुपाखेतीले कार्यक्रमको अध्यक्षतामा गरेर अध्यक्ष रामकुमार आचार्यले नीनि तथा कार्यक्रम प्रस्तुत गरेका थिए । दोस्रो सत्रमा भने अध्यक्ष आचार्यले बैठकको रुलिङ गर्दै उपाध्यक्ष रुपाखेतीले बजेट बप्तव्य प्रस्तुत गरेकी थिइन् । झण्डै झण्डै संसदको झल्को दिने खालको गाउँ सभामा जननिर्वाचित प्रतिनिधिहरुले सर्वसम्मत रुपमा नीति तथा कार्यक्रम र बजेटलाई पारित गरेका थिए । पुर्व जिविस सदस्य नेत्रराज पौडेल, नेकपा एमालेका नेता शंकर तामाङ, नेपाली काँग्रेसका नेता साधुराम थापा, माओवादी केन्द्रका नेता चन्द्र तामाङ, राप्रपामा धर्म खतिवडा र नयाँ शक्ती पार्टीकी नेता सृजना रिजालले शुभकामना मन्तव्य मार्फत बजेट महत्वकांक्षी देखिए पनि कार्यान्वयनमा लैजान सके थाक्रेले समृद्धिको बाटो लिएको प्रतिकृया दिए ।

प्रकाशित मिति १ साउन २०७४

हेर्नु होस नीति तथा कार्यक्रम र बजेटको पुर्ण पाठ

थाक्रे गाउँपालिकाको गाउँ सभामा अध्यक्ष रामकुमार आचार्यद्वारा प्रस्तुत नीति तथा कार्यक्रम

आर्थिक वर्ष ०७४/७५ को थाक्रे गाउँपालिकाको बजेट बक्तव्य

वि.सं.२०७४ साउन १ आइतवार १७:१७ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...