back
NMB ad

तामाकोसी आयोजनाबारे थप जान्नुहोस्,तपाईको सपना पुरा हुन अब कति बाँकी ?

Kumari bank ad

काठमाडौ । प्राकृतिक प्रकोप वा अन्य ठूला समस्या नआए अबको डेढ वर्षमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीबाट बिजुली उत्पादन हुने निश्चित भएको छ । विनाशकारी भूकम्प र भारतको नाकाबन्दी खेपेको आयोजनाको कामले तीव्रता लिएकाले पनि पूरा हुने समय नजिकिँदैछ । सिभिल निर्माण सुरु भएको ५ वर्ष १० महिनामा पूरा गर्ने लक्ष्य थियो । तर, यो अवधि करिब साढे दुई वर्ष लम्बियो ।

पछिल्लो संशोधित मितिमा आयोजना पूरा हुँदा निर्माण अवधि ८ वर्ष ४ महिना हुन्छ । निर्माणक्रममा उत्पन्न समस्या, २०७२ बैशाख १२ गतेको भूकम्प, त्यसलगत्तै भारतले गरेको नाकाबन्दीले आयोजना थलिँदै आयो ।

भूकम्पले पहुचमार्ग भत्किँदा वा पहिरो जाँदा विद्युतगृह ९गोंगर० देखि बाँध (ड्याम) सम्मको सम्बन्ध बिच्छेद भएको थियो । यही कारण करिब २० महिना कामै सुरु भएन । पहिरो पन्छाउन नसकिने र पहाडै खस्न सक्ने खतराले लामाबगर पुग्न ३ सय ४३ मिटर सुरुङमार्ग (पहुँचमार्ग) निर्माण गर्नुपर्यो ।

क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्दै र समस्या छिचोल्दै आयोजना मुलुकको ‘उज्यालो सपना’ पूरा गर्ने दिशामा छ ।अहिलेसम्म काम करिब ९० प्रतिशत पूरा भएको छ । २०७५ को असारसम्म सिभिलतर्फ सबै काम पूरा हुने आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठ बताउँछन् ।

‘काम सकिँदै गएको छ, ‘फिनिसिङ’ पनि हुँदैछ,’ उनले भने, ‘अब कामको गति रोकिँदैन । २०७६ को हिउँदसम्म बिजुली बाल्न आयोजनाको सबै समूह खटिएको छ ।’ आयोजनाले सहायक र पानी निकास (टेलरेस) सहित जम्मा साढे १६ किलोमिटर सुरुङ निर्माण गर्नुपर्थ्यो । यसमध्ये मुख्य सुरुङ साढे ८ किलोमिटर हो । अब ६ सय ३० मिटरमात्र मुख्य सुरुङ खन्न बाँकी छ । आगामी कात्तिकसम्म सुरुङ पूरा (छेडिने) हुने श्रेष्ठले जानकारी दिए ।

इलेक्ट्रो तथा हाइड्रो मेकानिकल (लट २ र ३)

सिभिल निर्माण (लट १) को काम सकिँदै जाँदा उपकरण जडान धमाधम भइरहेको छ । विद्युतगृहमा टर्बाइनलगायत उपकरण जडान भइसकेका छन् । हाइड्रो मेकानिकलसँग सम्बन्धित कामसँगै इलेक्ट्रो मेकानिकल उपकरण ‘फिट’ हुँदै छन् ।

बर्षा, कमजोर सडकका कारण उपकरण ढुवानीमा समस्या छ । यसैले लक्षित काम हुन नसकेको आयोजना प्रमुख श्रेष्ठको भनाइ छ । उनका अनुसार अहिले इलेक्ट्रो मेकानिकल दुई वटा युनिटका सामान आयोजनास्थल पुगेको छ । सिभिलभन्दा केही ढिलो भए पनि लट २ र ३ को कामले बिजुली बाल्ने समयमा असर नपार्ने उनको दाबी छ ।

सामान ढुवानीमा समस्या

सडक विभागले सिन्धुपाल्चोकको खाडीचौरदेखि चरिकोटसम्मको सडक दुई लेनमा विस्तार तथा स्तरोन्नती गर्दैछ । साँधुरो सडकका कारण उपकरण ढुवानीमा समस्या छ ।

बर्षाअघि आवश्यक उपकरण ढुवानी गर्ने आयोजनाको तयारी थियो । तर, दायाँबायाँ सडक भत्किँदा लक्षित काम भएको छैन । सडक विभागसँग निरन्तर परामर्श तथा सहकार्य गरेर काम गरिरहेको श्रेष्ठले बताए ।

उपकरण ढुवानीको समस्याबाहेक हेडवर्क्स, पेनस्टक कंक्रिटिङलगायत काम पूरा गर्न चुनौती नै छ । पेनस्टक पाइप, टर्बाइन, गेट, भल्बलगायत उपकरण समयमै आयोजनास्थल पुर्याउनुपर्छ ।

सयौं टनका उपकरण ढुवानी गर्ने क्रममा ट्रकले ‘लोड’ तान्न नसक्दा अहिले मुडेदेखि चरिकोटसम्म सडकका छेउमा राखिएको छ । अधिकांश उपकरण वीरगन्ज नाकामा आइसकेकाले आयोजनास्थल पुर्याउन समस्या छ । यसमा सरोकारवाला निकायबीच समन्वय हुनु जरुरी छ ।

लागत थपिँदै

बैंक ब्याजबाहेक आयोजनाको सुरु लागत ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएको थियो । तर, जटिल भौगोलिक अवस्था, त्यसको मर्मत तथा भूकम्प र नाकाबन्दीले हरेक शीर्षकमा लागत बढ्दैछ । अमेरिकी डलर बलियो र नेपाली मुद्रा कमजोर हुँदा लागतमा असर परेको छ । लागत बढ्ने अर्को कारण निर्माण अवधि लम्बिँदै जानु हो । यसले बैंक ब्याजमा प्रत्यक्ष असर पार्छ । आयोजनाले भूकम्प र नाकाबन्दी अघि नै लागत संशोधन गरी करिब ४३ अर्ब रुपैयाँ पुर्याएको थियो ।

भूकम्पले पुर्याएको क्षति पुनर्निर्माण गर्दा पनि व्ययभार थपिएको छ । २०७३ साउनसम्म आयोजनाको लागत करिब ५० अर्ब रुपैयाँ पुग्ने आँकलन थियो । आयोजना पूरा हुँदासम्म लागत करिब ६० अर्ब रुपैयाँ पुग्ने देखिन्छ ।

सुरु लागत आधार मान्दा यो इतिहासकै सस्तो आयोजना हो । जसअनुसार प्रतिमेगावाट लागत करिब ८ करोड रुपैयाँमात्र हुन्छ । तर, लागत बढेर ६० अर्ब रुपैयाँ पुगे पनि प्रतिमेगावाट लागत करिब १३ करोड रुपैयाँ हुन्छ । अहिले निजी क्षेत्रका आयोजना प्रतिमेगावाट १८ देखि २० करोड रुपैयाँमा बन्ने गरेका छन् ।

प्रसारण लाइन

आयोजनाले विद्युतगृह गोंगरदेखि खिम्ती सबस्टेसनसम्म ४७ किलोमिटर २२० केभी डबल ९दोहोरो० सर्किट प्रसारण लाइन निर्माण गर्नुपर्नेछ । यसको काम भारतको केइसी इन्टरनेशनल लिमिटेडले पाएको छ ।

२०७१ फागुनसम्म प्रसारण लाइन निर्माण पूरा गर्नुपर्ने थियो । सिभिल संरचनासँगै यसको काममा पनि ढिलाइ भएको छ । तर, अहिले निर्माण अन्तिम चरणमा पुगेको श्रेष्ठले जानकारी दिए ।

प्रसारण लाइन आयोजनाले र सबस्टेसन नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने सहमति भएको हो । सबस्टेसनका लागि जग्गा प्राप्तिमा केही समस्या देखिएको छ । यद्यपि, बिजुली उत्पादन हुँदासम्म सबै संरचना पूरा हुने आयोजनाको दाबी छ । विद्युतगृहदेखि खिम्ती सबस्टेसनसम्म १ सय २७ वटा टावर निर्माण गर्नुपर्छ । यसमध्ये १ सय १७ वटाको निर्माण भएको छ ।

बिजुली खपत कसरी ?

बर्खाका करिब ४ महिना ४ सय ५६ मेगावाट उत्पादन हुने आयोजनाबाट हिउँदमा न्यूनतम करिब ९० मेगावाटमात्र उत्पादन हुन्छ । तर, हिउँदमा दैनिक ४ घन्टासम्म जलाशयमा पानी थुनेर उच्च माग हुँदा सञ्चालन गर्न सकिने यसको राम्रो पक्ष हो ।

उत्पादित बिजुली हिउँदमा खपत सजिलै खपत हुने देखिन्छ । तर, बर्षामा यसको व्यवस्थापन कसरी गर्ने भन्ने सरकारले योजना बनाएको छैन ।

४ सय ५६ मेगावाट बिजुली अबको डेढ वर्षमा उत्पादन हुँदा सरकारसामु बिजुली खपतको ठूलो चुनौती खडा भएको छ । यो प्रणालीमा जडित क्षमतामध्ये करिब आधा हो । अहिले प्रणालीमा करिब साढे ९ सय मेगावाट जडित छ ।

खिम्ती सबस्टेसन बन्नु, त्यहाँबाट काठमाडौंसम्म प्रसारण लाइन विस्तार हुनुले सकारात्मक संकेत देखिन्छ । खिम्ती–ढल्केबार लाइनबाट तराई क्षेत्रमा विद्युत पुर्याउँदा त्यहाँको समस्या समाधान हुने देखिन्छ ।

यति हुँदा–हुँदै विद्यमान प्रसारण प्रणालीमा भर पर्दा पूरै बिजुली खपत हुने अवस्था देखिँदैन । तराईमा व्यापक प्रसारण तथा वितरण प्रणाली विस्तार गर्न जरुरी देखिन्छ । देशमै खपत हुने गरी पूर्वाधार बन्नुपछै । आन्तरिक खपत गर्न नसके ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनबाट बर्खाको बिजुली भारत बेच्न सक्नुपर्छ ।उर्जाखबरबाट

प्रकाशित मितिः २०७४ साउन २

वि.सं.२०७४ साउन २ सोमवार १४:४३ मा प्रकाशित

You can share this post!

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...