back
NMB ad

जगदम्बा मोटर्सद्धारा भैरहवा टि भि एस् शोरुम संचालनमा

Kumari bank ad

जगदम्बा मोटर्सले नेपालका लागि टि भि एस् मोटर कम्पनीको एकल वितरकको रुपमा भैरहवा मा जगदम्बा मोटर्स को आफ्नो अत्त्यधुनीक शोरुम जगदम्बा अटो ग्रुपको नामले साउन १ गते बाट विधिबत रुपमा संचालनमा ल्याएको छ । यस सोरुममा नेपालमा विक्री थालनी गरिएको टि भि एसका सम्पूर्ण बाइक तथा स्कुटरहरु, अपाचे १६० सि सि, अपाचे १८० , अपाचे २०० सि सि, फिनिक्स १२५ सि सि , स्ट्राइकर १२५ सि सि, र स्टारसिटी प्लस ११० सि सि, स्पोर्ट १०० सि सि, र स्कुटर सेग्मेंटमा ११० सी सीका जुपिटर, विगो, जेस्ट, उपलब्ध छन् । उक्त अत्याधुनिक सोरुमले आफ्नो उत्कृष्ट सेवा र स्पेयर पार्टस मार्फत नेपाली मोटरबाइक पारखीहरुमा उत्साह थप्ने विश्वास लिएको छ । यस सोरुम को संचालन संगै टि भि एस मोटर कम्पनिले नेपालभरी आफ्नो अत्त्यधुनीक सुबिधा सम्पन्न शोरुम, सर्टिफाइड सर्भिस प्वाइन्ट सञ्जाल विस्तार गर्न आटेको छ र यिनै सोरुमहरुबाट सेल्स, सर्भिस र स्पेयर्स प्रदान गर्नेछ ।

साउन १ गते आइतबार सिदार्थ नगर नगरपालिकाका मेयर हरिप्रसाद अधिकारि उद्घाटन गरे ।
यस अवसरमा कार्यक्रम को सभापति तथा जगदम्बा मोटोर्स प्रा. लि. का उपाध्यक्ष दिपक अग्रवालले आफ्ना मन्तब्य राख्दै हामी देशभरि एकै छानामुनि ९ घक् सुबिधा ) सेल्स सर्भिस र स्पेयर्स पार्ट्स अत्याधुनिक सुबिधा सम्पन्न शोरुम खोल्ने क्रममा यस रुपन्देही जिल्लाको भैरहवामा पनि ग्राहक महानुभाबलाइ सेवा दिने हेतुले उपस्थित भएका बताए ।

उनले साउन १ गते बाट ३ गते सम्म कुनै पानि बाईक तथा स्कुटर को खरिदमा नगद रु १०००० छुट हुने कुराको जानकारी दिए । त्यस्तै ग्राहक को सेवामा ५ बर्ष वारेन्टी उपलब्ध गराउने र फाइनान्सका साथै बाइकको एक्सचेन्ज पनि हामि राम्रो भ्यालुएसन दीने कुरा उनले बताए ।

सो उद्घाटनको अवसरमा २९ वटा बाइक र ७ वटा स्कुटर बिक्रि भएको जानकारी जगदम्बा अटो भैरहवा शोरुम प्रमुख अशोक गौतमले जानकारी दिए ।

१९७९ मा स्थापना भई आफ्नो अधिनमा ३० भन्दा बढि कम्पनीको साथ संचालित शंकर ग्रुप, नेपालि
बजारमा छोटो समयमा छिटो उपलब्धि हासिल गर्न सफल कम्पनी हो । यस कम्पनीको व्यवस्थापनको लक्ष्य उदेश्य नेपालि अर्गनाइजेसनमा फरक काम गर्ने सोच र दक्ष जनशक्ति भएकोले नेपाल मा चाडै नै सबै भन्दा अग्र स्थानमा आउने देखिन्छ ।

शंकर ग्रुपले विशेषगरी सिमेन्ट, स्टील, प्लास्टिक, टेक्सटाईलस्, खाद्य पदार्थ, प्याकेजिङ्ग, इलेक्ट्रोनिक्स र अटोमोबाईलको उत्पादन तथा विक्रि गर्दै आएको छ । कम्पनीले सन् २०१५ मा जगदम्बा ब्राण्डलाई नयाँ उचाईमा पु¥याउने ‌‌उदेश्यले जगदम्बा मोटर्स मार्फत कार्य संचालन सुरु गरेको हो। टि भि एस मोटर कम्पनी भारतको तेस्रो ठुलो दुई पाङग्रे बिक्रेता र विश्वकै उत्कृष्ट १० मा पर्न सफल कम्पनी हो । टि भि एस मोटर कम्पनीको बार्षिक उत्पादन क्षमता ३० लाख दुई पाङग्रे र १.२ लाख तीन पाङग्रेसवारीसाधन रहेको छ ।

प्रकाशित मितिः २०७४ साउन २

वि.सं.२०७४ साउन २ सोमवार १७:४२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...