back
NMB ad

एमाले बैतडीका १७ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशनको कारबाही !

Kumari bank ad

बैतडी । बैतडीले स्थानीय तहको निर्वाचनमा जिम्मेवार पदमा बसेर पार्टीलाई अन्तर्घात गर्ने १७ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशनको कारबाही गरेको छ । सोमबार राति सम्पन्न एमाले जिल्ला कमिटी बैतडीको १९औँ पूर्ण बैठकले जिल्ला कमिटी सदस्य नरेन्द्र भट्ट, प्रकाश सावद, जानकी भाट, भगिरथ कुँवर, राजेश्वरी कुँवर, कृष्ण सावद, प्रदीप बोहरा सुबोध, दलबहादुर ऐर, नागी धानुक, तस्बिर बोहरालाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको जिल्ला सचिव, लीलाधर भट्टले जानकारी दिए ।

यस्तै, पूर्व अञ्चल सल्लाहकार सदस्य नरबहादुर विष्ट, पूर्व जिल्ला उपसचिव मोहन बराल, जिल्ला सल्लाहकार शंकरसिंह भाट, पार्टी स्कूल विभाग सदस्य लोकराज भट्ट, अखिल नेपाल महिला सङ्घका जिल्ला कोषाध्यक्ष चन्द्रकला सावद, जिल्ला सदस्य उत्तरा अवस्थी र शिक्षक संगठन सहसचिव गणेश बोहरालार्ई समेत कारबाही गरिएको उनले बताए । बैठकले निर्वाचनको समीक्षा गर्दै जिम्मेवारीमा बसेर पार्टीलाई अन्तर्घात गर्नेहरुलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्ने र सोभन्दा तलसम्म पनि पार्टीविरुद्ध काम गर्ने नेता कार्यकर्ताको छानबिन गर्न प्रत्येक पालिका प्रमुखको अध्यक्षतामा बैठक बसाएर वडास्तरबाट निर्णय गरी साउन १५ गतेभित्र जिल्लामा पठाउने निर्णयसमेत गरेको छ ।

यसैबीच, बैठकले गोरखबहादुर चन्द (पञ्चेश्वर) र कर्णबहादुर कुँवर (पुरचौडी)लाई जिल्ला कमिटीमा मनोनयन गरेको छ । स्थानीय तह निर्वाचनमा एमालेलाई मतदान गर्ने मतदातालाई धन्यवादका साथै निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र पत्रकारलाई पनि धन्यवाद दिने निर्णय गरेको जनाएको छ ।

नेकपा (एमाले) जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख अतिथि केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज पुरनसिंह दयाल, प्रदेश कमिटी सदस्य दामोदर भण्डारी, परमानन्द भट्ट, माया भट्ट, पूर्व जिल्ला कमिटी अध्यक्ष नरेन्द्र विष्ट, महादेव भट्ट, नरेश विकलगायत नेताहरुको उपस्थिति थियो ।

प्रकाशित मितिः २०७४ साउन ३

वि.सं.२०७४ साउन ३ मंगलवार १६:०६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...