back
NMB ad

जानीराख्नोस्,२ अर्बभन्दा बढिको सेयर जारी गर्दै बीमा कम्पनीहरु !

Kumari bank ad

काठमाडौ । बीमासमितिले तोकेको चुक्ता पुँजी बढाउन अधिकांश बीमा कम्पनीहरूले बोनस र हकप्रद सेयर जारी गर्ने भएका छन् । समितिमा पुँजी वृद्धि कार्ययोजना बुझाएका तीन जीवन बीमा कम्पनीले पुँजी पुर्याउन दुई अर्ब रुपैयाँभन्दा बढीको सेयर जारी गर्ने भएका हुन् ।

समितिमा हालसम्म १२ वटा बीमा कम्पनीले पुँजी वृद्धि योजना बुझाएका छन् । जसमध्ये नौवटा निर्जीवन बीमा कम्पनी छन् । योजना पेस गरेका जीवन बीमा कम्पनीमध्ये एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आव ०७३÷७४ मा ६० करोड ४२ लाख रुपैयाँको हकप्रद सेयर र आव ०७४र७५ मा १८ करोड ७४ हजार बराबरको बोनस सेयर जारी गर्ने योजना बनाएको छ ।

समितिका अनुसार आव ०७२र७३ सम्ममा कम्पनीको चुक्ता पुँजी ८० करोड ५६ कायम छ । आव ०७२÷७३ मा कम्पनीले ४० करोड २८ लाख रुपैयाँबराबरको हकप्रद सेयर जारी गरेको थियो । समितिले गत चैतमा बीमक सञ्चालन तथा दर्तासम्बन्धी निर्देशिका जारी गर्दै बीमकहरूको चुक्ता पुँजी तोकेको थियो । जसअनुसार जीवन बीमा कम्पनीहरूले ०७५ असार मसान्तसम्ममा २ अर्ब पुर्याउनु पर्नेछ ।

त्यसका लागि हाल कम्पनीहरूले योजना मात्रै पेस गरेको समितिका उपनिर्देशक दिनेशलाल कर्णले बताए । “कम्पनीहरूको वित्तीय विवरण स्वीकृत भएपछि मात्रै बोनस र हकप्रदको अन्तिम निर्णय हुन्छ,” उनले भने ।

त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्सको भने आव ०७२र७३ सम्ममा ५५ करोड चुक्ता पुँजी कायम छ । कम्पनीले समितिमा बुझाएको योजनाअनुसार आव ०७३र७४ मा ६ करोड बराबरको बोनस र १ अर्ब ५ करोडबराबरको हकप्रद जारी गर्ने योजना बनाएको छ । कम्पनीले आब ०७२र७३ मा ४ करोड ४० लाखको बोनस र २९ करोड ७० लाखको हकप्रद सेयर जारी गरेको थियो ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको भने आव ०७२र७३ सम्ममा चुक्ता पुँजी ६२ करोड ५ लाख पुगेको छ । कम्पनीले आव ०७३र७४ मा १० करोड १ लाखबराबरको बोनस सेयर जारी गर्ने योजना बनाएको छ । आव ०७२र७३ मा कम्पनीले ६ करोड ५६ लाखको बोनस र २८ करोड ८८ लाखको हकप्रद सेयर जारी गरेको थियो । कम्पनीले पेस गरेको योजनाअनुसार अझै पनि ८८ करोड ८३ लाख अपुग देखिएको छ । त्यसैले कम्पनीले एफपीओ र हकप्रद सेयर जारी गर्ने तथा विदेशी कम्पनीसँग समन्वय गर्ने योजना बनाएको छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको भने २०६९ सालदेखि नै वित्तीय विवरण समितिबाट स्वीकृत भएको छैन । त्यसैले कम्पनीले विवरण स्वीकृत भइसकेपछि कम्पनीको नाफा र शेयरधनी कोषको अवस्था हेरेर पुँजी वृद्धिको योजना तयार पारिने बताएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजी २ अर्ब पु¥याइसकेको छ ।

पुँजी पु¥याउन बाँकी रहेका अन्य चार कम्पनीे भने समितिमा कार्य योजनासमेत बुझाएका छैनन् । जसमध्ये राष्ट्रिय बीमा संस्थानको १२ करोड ९३ लाख रहेको छ । समितिले तोकेको चुक्ता पुँजी पु¥याउन कम्पनीले अझै १ अर्ब ८७ करोड थप गर्नुपर्नेछ ।

त्यस्तै, नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड ४८ लाख पुगेको छ । कम्पनीले अझै करिब ६८ करोड रुपैयाँ थप गर्नुपर्ने देखिन्छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को भने १ अर्ब ६ करोड चुक्ता पुँजी कायम छ । कम्पनीले अझै ९४ करोड पुँजी थप गर्नुपर्नेछ ।कारोबार दैनिकबाट

प्रकाशित मितिः २०७४ साउन ४

वि.सं.२०७४ साउन ४ बुधवार १२:४० मा प्रकाशित

You can share this post!

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...