काठमाडौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई सय प्रतिशत अर्थात एक बराबर दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आरएसडीसीलाई एक सय रुपैयाँ अंकित मूल्यमा २३ करोड रुपैयाँ बराबरको २३ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने अनुमति दिएको हो । साउन ५ गते धितोपत्रले उक्त अनुमति दिएको हो ।
हाल आरएसडीसी लघुवित्तको चुक्तापुँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । उक्त चुक्तापुँजीको दुई सय प्रतिशत हकप्रद जारी गरेपछि लघुवित्तको चुक्तापुँजी ३४ करोड ५० लाख रुपैयाँ पुग्नेछ । आरएसडीसीको सेयर निष्काशन तथा विक्री प्रबन्धकको जिम्मा एनआईबिएल क्यापिटल मार्केट लिमिटेडले पाएको छ ।
प्रकाशित मितिः २०७४ साउन ५
वि.सं.२०७४ साउन ५ बिहीवार १८:२८ मा प्रकाशित