back
NMB ad

सानिमाको शतप्रतिशत हकप्रद निष्काशनबारे जान्नुहोस् !

Kumari bank ad

काठमाडौ । सानिमा माई हाइड्रोपावर लिमिटेडले आगामी साउन २९ गते शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको छ । कम्पनीले मंगलबारसम्म १५ दिने सुचना जारी गरी सेयर निष्काशन गर्न लागेको हो ।

१ बराबर १ अनुपातमा १ अर्ब ५ करोड ५० लाख रुपैयाँ बराबरको सय रुपैयाँ अंकित १ करोड ५ लाख ५० हजार कित्ता सेयर निष्काशन गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठले जानकारी दिए ।

‘साउनको अन्तिम साता हकप्रद सेयर निष्कासन गर्ने तयारी छ, ’उनले भने, ‘सम्पूर्ण सेयर धनीले ३५ दिनभित्रमा आवेदन दिइसक्नुपर्नेछ ।’ पहिलो चरणमा संस्थापक र दोस्रो चरणमा सर्वसाधारण सेयर धनीलाई लक्षित गरेर सेयर निष्काशन गरिने छ ।

सम्पूर्ण सेयर धनीले अहिले जारी सेयर बराबरकै थप सेयर पाउने श्रेष्ठले बताए । हकप्रद सेयर प्राप्त गर्ने सेयरधनीलाई सानिमा हाइड्रो ग्रुपले निर्माण गर्ने आयोजनामा स्वतः लगानीको अवसर मिल्ने उनले बताए ।

कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटललाई तोकेको छ । असोजभित्र सेयर निष्काशन गरेर बाँडफाँट गरिने उपकार्यकारी निर्देशक बिजेन्द्र श्रेष्ठले बताए ।

सेयर विक्रीबाट जम्मा भएको पुँजी ५४ मेगावाटको मध्य तामोर र २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनामा लगानी गरिनेछ । हकप्रद सेयर निष्काशनपछि सानिमा माईको चुक्ता पुँजी २ अर्ब ११ करोड ५० लाख पुग्नेछ । जलविद्युत विकासमा सफल बन्दै गएको सानिमा हाइड्रो ग्रुपले निर्माण गरेका ३१.५ मेगावाट बराबरका ३ जलविद्युत केन्द्र संचालनमा छन् । उर्जाखबरबाट

प्रकाशित मितिः २०७४ साउन ८

वि.सं.२०७४ साउन ८ आइतवार १६:१५ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...