बागलुङ । बागलुङ जिल्लाको बडीगाड गाउपालिका वडा नं ४ जलजला र वडा नं ५ ग्वालिचौरको वीचमा रहेको वादिपमा ध १ ज १८४ नंवरको यात्रुवाहक पीकअप जीप दुर्घटना भएको छ । दुर्घटनामा अहिले सम्म ४ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् जसमा २ जनाको अवस्था गम्भीर रहेको छ ।
जीपमा कम्तीमा १० जना यात्रुहरु रहेको बुझिएको छ । जीप सडक देखी ६र७ सय मिटर तल खसेको छ । दुर्घटनामा परेको जीप टुक्रा टुक्रा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।
मृतकहरुमध्य साविक जलजला गाविसका हुमिम काउचा, साविक ग्वालिचौर गाविस–९ का मुक्त पाईजा, साविक जलजला १ का नरबहादुर सेर्बुजा र चालक तुलबहादुर पुन रहेका छन् ।
घाईतेहरुको उद्धारका लागि हेलिकोप्टर झिकाउन प्रमुख जिल्ला अधिकारी संग कुरा भैरहेको बताइएको छ । दुर्घटनास्थलमा उद्धारका लागि प्रहरी पुुगीसकेको छ । थप विवरण आउन बाँकी छ ।
प्रकाशित मितिः२०७४ साउन ९
वि.सं.२०७४ साउन ९ सोमवार ११:२२ मा प्रकाशित