back
NMB ad

प्रधानमन्त्रीले दिएको निर्देशनअनुसार खाल्डाखुल्डीहरु पुर्ने काम भैरहेको छ; भौतिक मन्त्री बलायर

Kumari bank ad

काठमाडौं । भौतिक योजना तथा यातायात मन्त्री विरबहादुर बलायरले अब देखि सडकमा खाल्डा खुल्डीहरुको सास्ती सर्वसाधारणहरुले भोग्न नपर्नेे बताएका छन् ।

उनले भने,‘सडकका खाल्डा खुल्डीहरु पुर्नको लागि प्रधानमन्त्री शेरबहादुर देउवाजीले निर्देशन दिएपछि अहिले धमाधम काम भैरहेको छ, मैले पनि मन्त्रालयमा आउने वित्तिकै सम्बन्धित निकायलाई यसबारेमा निर्देशन दिईसकेको छु,। खासमा भन्ने हो भने यो कामको लागि प्रधानमन्त्रीले निर्देशन दिरहनुपर्ने थिएन, यो अत्यन्त दुःखदायी कुरा हो, कसले यो काम गर्ने हो भन्ने कुरा मलाई राम्रोसँग थाहा छ, निर्देशन दिईसकेको छु ।’’
शुक्रबार रिपोर्टर्स क्लब नेपालले बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै नव नियुक्त मन्त्री बलायरले सडकका देखिएका खाल्डा खुल्डीहरुको बारेमा प्रधानमन्त्री जस्तो व्यक्तिले बोल्नु नै बिडम्बना भएको स्पष्ट पारे । उनले भने,‘खाल्डाखुल्डीहरु पुर्न भनेर प्रधानमन्त्रीले बोल्नु भनेको विडम्बना हो, तर प्रधानमन्त्रीले जनताले भोगेको सास्ती र समस्या देखेर यस्तो निर्देशन दिनुभएको ,उहाँको निर्देशनअनुसार अहिले धमाधमकाम भैरहेको छ।’

क्लबका सभापति ऋषिधमलाको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै उनले मेलम्ची खानेपानी आयोजनाका कारणले काठमाडौंका सडकहरुमा खाल्डा खुल्डीहरु भएका र धुलाम्यभएको स्पष्ट पारे । उनले भने,‘अब यसको लागि पनि हामीले विकल्प सोचि सकेका छौं, सेगमेन्ट वाईज अनुसार काम भैरहेको छ, अहिले नै खाल्डा खुल्डीहरु पुर्ने र यी समस्याहरु कसरी समाधान गर्ने भन्नेबारे गृहमन्त्रीसँग पनि छलफल भैरहेको छ ।’

त्यस्तै उनले आफूले दैनिक १५ घण्टा काम गर्ने भनेर सार्वजनिक प्रतिबद्धता जनाएअनुसार पछिल्ला दुई दिनमै आफूले गरेको प्रतिबद्धता अनुसार त्यो भन्दापनि बढि नै १६ घण्टासम्म कामगरिसकेको दाबी गरे । बलायरले भने,‘अब मेरो स्पिरिटमा कर्मचारीले पनि काम गर्नुपर्छ ।’

उनले आफूलाई कुनै विलासिताबारे सोख नभएको समेत जिकिर गरे । उनले भने,‘म त मन्त्रीको सपथ ग्रहण गर्न जाँदा पनि सार्वजनिक यातायात चढेर गएको थिएँ, त्यसैले मलाई यस्तो विलासिताको बारेमा कुनै सोख छैन, जीवनको अधिकांश समय संघर्ष माविताएको र हत्केलामा मृत्युलाई राखेर हिँडेको मान्छे हुँ, त्यसैले मेरो पूरा ध्यानभनेको नै विकास हो, र जनतालाई कसरी सम्पन्नगर्न सकिन्छ भन्ने नै हो।’

मन्त्रीबलायरले काठमाडौंमा देखिएका धुलो र टा«फिक जामको समस्या छिट्टै हलगर्ने समेत जनाए । उनले भने,‘अहिले काठमाडौंमा धेरै धुलोको समस्या छ, यसलाई हलगर्नको लागि हामी सम्बन्धित निकायका सबै अधिकारीहरु बसे छलफल गरेका छौं, त्यस्तै सडक जामको बारेमापनि म हिजोमात्रै उक्त समस्या कसरी समाधा नगर्न सकिन्छ भनेर स्थलगत निरिक्षणमा गएको थिएँ।’उनले आफू कामगर्नको लागि आएको उल्लेख गर्दै भने,‘मलाई कुनै चर्चा कमाउनु छैन, म सेलिब्रेटी बन्न आएको होईन ।’

त्यस्तै उनले माघ ७ गत भित्रै बाँकी सबै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकोले आफूहरुको मुख्य ध्यानयता तिर भएको समेत स्पष्ट पारे । मन्त्री बलायरले अहिले देशमा दिगो विकास संकटमा रहेको समेत चिन्ता व्यक्त गरे । उनले भने,‘अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने हाम्रो दायित्वहो, त्यस्तै दिगो विकास गरेर जनतालाई यसको दिगो उपभोग गर्न पाउने वातावरण बनाउनु हो, म यसको लागि गम्भिर भएर कामगर्ने विश्वास दिलाउँछु।’उनले आफ्नो कार्यकालमा धेरै महत्वपूर्ण कामहरु गर्नुपर्ने भएकोले त्यसको लागि आफूले तत्कालिन र दिर्घकालिन योजना समेत बनाउने तयारी गरिरहेको जनाए । उनले भने,‘मेरो चाहनाभनेको नै नेपाली जनताको शीर उठाउनु हो, त्यसैले म समयको गति र प्रवाहमा हिँड्ने मान्छे भएकोले सोही अनुसार काम गर्छु।’

नेपालदिगो विकासको पक्षधर राष्ट्र भएकोले यसका सुचकहरु अनुसार नै कामगर्न पर्याप्त आधार नभएर पनि लोकल ईण्डिकेटर अनुसार काम गर्नुपर्ने उनको धारणा थियो । उनले भने,‘दिगो विकासका लक्ष्यहरु परिपूर्ति गर्नुपर्छ, मेरो ध्यान यतातिर छ।’

प्रकाशित मितिः २०७४ साउन १४

वि.सं.२०७४ साउन १४ शनिवार ०७:०० मा प्रकाशित

You can share this post!

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...