back
NMB ad

आईतबार पारित कमोडिटिज बजारसम्बन्धी बिधेयकमा के व्यवस्था छ ?

Kumari bank ad

काठमाडौ । व्यवस्थापिका संसद्ले वस्तु बजार नियमन गर्ने विधेयक पारित गरेको छ । संसद्को आइतबार बसेको बैठकले विधेयक पारित गरेपछि कमोडिटिज बजार नियमनको दायरामा आएको हो ।

विधेयक अनुसार कमोडिटिज एक्सचेन्ज दर्ता गर्नको लागि धितोपत्र बोर्डको अनुमति लिनुपर्छ । यसको न्यूनतम चुक्ता पुँजी ५० करोड तोकिएको छ । नेपालमा १० वर्षभन्दा अगाडि देखि कमोडिटिज बजार संचालनमा हुँदै आएको थियो । धितोपत्र बोर्डले कमोडिटिज बजारको नियमन गर्ने जिम्मा पाएको छ ।

विधेयकले बजारको सुपरिवेक्षण तथा नियमनको अधिकार नेपाल धितोपत्र बोर्डलाई दिएको छ । विधेयकमा बजार सञ्चालकहरुले कारोबार अनुमति पाएको १८० दिनभित्र कारोबार सुरु गरिसक्नु पर्ने व्यवस्था गरिएको छ । पूर्वाधार विकास नगरी कारोबार सञ्चालन गर्न नपाइने र पुराना संस्थाहरुले समेत बोर्डसँग स्वीकृति लिएर मात्र कारोबार थाल्नुपर्ने भएको छ । कम्पनीको कम्तिमा चुक्ता पूँजी ५० करोड रुपैयाँ तोकिएको छ । यसलाई आवश्यकताअनुसार बढाउन सकिने बताइएको छ ।

त्यस्तै, कम्पनीको सात सदस्यीय सञ्चालक समितिमा कम्तिमा दुई जना वाहिरबाट स्वतन्त्र सञ्चालक चयन गर्नु पर्ने वाध्यत्मक व्यवस्था विधेयकमा छ । यस्तो कम्पनीको सञ्चालक बन्द अर्थशास्त्र, बाणिज्य शास्त्र वा कानुन विषयमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको र ३५ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ । स्वतन्त्र सञ्चालक नियुक्तिका लागि रिक्त पदको तेब्बर संख्यामा नाम बोर्डमा सिफारिस गर्नुपर्ने र बोर्डले उपयुक्तता हेरेर नियुक्त गर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, कम्पनी प्रमुख कार्यकारी अधिकृत स्नातकोत्तर उतीर्ण भई सात बर्षको कार्य अनुभव समेत भएको हुनुपर्नेछ । कारोबारको राफसाफ तथा फर्स्र्योटको काम गर्न छुट्टै व्यवसायी नियुक्त गर्नुपर्ने, वेयर हाउस पनि तोक्नुपर्ने लगायतका व्यवस्था विधेयकमा छ । कम्पनीको सेयर एक व्यक्ति तथा संस्थाले पाँच प्रतिशत लिन पाउनेछन् भने विदेशी रणनीतिक साझेदारले भने ५१ प्रतिशतसम्म सेयर पाउने व्यवस्था छ ।

कम्पनीले बजारबाट लगानीकर्तालाई हुन सक्ने सम्भावित प्रणालिगत जोखिमबाट सुरक्षित गर्न लगानीकर्ता संरक्षण कोष स्थापनालाई विधेयकले अनिवार्य गरेको छ । कसैले गलत काम गरेमा पाँच बर्ष जेल र पाँच लाख जरिवानाको व्यवस्थासमेत गरिएको छ ।

प्रकाशित मितिः २०७४ साउन १६

वि.सं.२०७४ साउन १६ सोमवार १२:१३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...