back
NMB ad

समलिङ्गी जोडी शाही र योगीले विवाह दर्ता प्राप्त गरेपछि यसरी साटे खुशी

Kumari bank ad

काठमाडौ । गत बैशाख २४ गते समलिङ्गी विवाह गरेकी मनीका शाहीले हजारौ संख्यामा रहेका तेस्रो लिङगीहरुले सम्मानजनक तरिकाले जीवन जिउन पाउनुपर्ने बताएकी छिन् ।

शनिबार अपरान्ह रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले यस्ते बताएकी हुन् । डढेल्धुरा स्थायी घर भएका रमेशनाथ योगीसँग विवाह गरेपछि श्रीमतीको नाता प्रमाणित भएपछि आयोजना गरिएको पत्रकार सम्मेलन गरेर शाहीले तेस्रो लिङ्गीहरुले मुलुकमा सम्मानजनक तरिकाले बाँच्न पाउनुपर्ने बताएकी हुन् ।

उनले भनिन्,‘नेपालमा तेस्रो लिङ्गीहरुलाई मान्छेको रुपमा गनिएको छैन, हामी यो कुरालाई कदापि मान्न सक्दैनौं, अब पनि यस्तो खाले अन्याय हुन्छ भने हामी यसलाई देशव्यापी रुपमा चिर्नको लागि तयार भैसकेका छौं, यसको ज्वलन्त उदाहरण हामी समलङ्गीवीच भएको विवाह हो, अनि सरकारले हामीलाई विवाह दर्ताको प्रमाणपत्र समेत दिईसकेको छ।’ उनले आफूहरुको जोडीले विवाह गरेर यस्तो प्रमाणपत्र हाँसिल गरिसकेपछि यो दक्षिण एशियाकै नमूना कार्य भएको समेत दाबी गरिन् ।

त्यस्तै कार्यक्रममा शाहीका पति योगीले मनिकाजस्तो महिला यो समाजमा आवश्यक रहेको बताउँदै भने,‘हामी समलिङ्गी हौं, अहिले हामीवीच वैवाहिक सम्बन्ध गाँसिएको छ, सरकारले हामीलई विवाह दर्ताको प्रमाणपत्र समेत दिईसकेको छ, यसले हामीलाई निकै खुशी तुल्याएको छ, किनकी नेपालमा समलिङ्गीहरुको पहिलो विवाह हो।’

कार्यक्रममा समिपा शाहले नेपालमा अन्तरजातीय विवाह गर्दा त समाजले स्विका नगर्ने बरु उल्टै धम्क्याउने परिवेशमा योगी र शाहीले गरेको काम अनुकरणीय भएको बताईन् ।

प्रकाशित मितिः २०७४ साउन २२

वि.सं.२०७४ साउन २२ आइतवार १०:५१ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...