back
NMB ad

एभरेष्ट साईन्स् सेन्टर नेपालद्धारा रु. १ सयमा आजिवन सदस्यता प्रदान गर्ने घोषणा

Kumari bank ad

काठमाडौं । नेपालमा भएको पहिलो र एक मात्रै विज्ञान केन्द्र एभरेष्ट साईन्स् सेन्टर नेपालले ‘जनताको घरदैलोमा विज्ञान केन्द्र’नाम कार्यक्रम सार्वजनिक गरेको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा विशेष पत्रकार सम्मेलन गरेर उक्त केन्द्रले यस्तो कार्यक्रम घोषणा गरेको हो । उक्त अभियान घोषणा गर्नुको मुख्य उद्देश्य भनेको नै विज्ञान तथा प्रविधिलिाई देश व्यापी रुपमा सहज बनाउनु आयोजकको विश्वास छ ।

विश्वका अन्य देशहरुको तुलनामा विज्ञान तथा प्रविधिको क्षेत्रमा खोज तथा अनुशन्धान गर्ने विषयमा नेपाल धेरै पछाडि रहेको बताउँदे उक्त सेन्टरका अध्यक्ष डा. दिलिप अधिकारीले भने,‘त्यसैले अन्र्तराष्ट्रिय क्षेत्रमा नेपालको विज्ञान तथा प्रविधिको स्तरोन्नती गर्नको लागि पनि नेपाली युवा विद्यार्थी पिढिले सैद्धान्तिक भन्दा पनि खोजमुलक विज्ञान शिक्षा अध्ययनगर्नुपर्छ भन्ने यो अभियानको मुख्य उद्देश्य हुनेछ ।’

सन् २००१ मा स्थापना भएको उक्त सेन्टर सुनसरी जिल्ला बर्जु गाउँपालिका–५ स्थित् शान्ति वनमा छ । उक्त केन्द्रमा सजिलो तरिकारले बुझ्ने र बुझाउने माध्यम मार्फत वैज्ञानिक ज्ञान दिईँदै आएको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा सेन्टरका अध्यक्ष डा. अधिकारीले उक्त केन्द्रले ‘लाईफ टाईम मेम्वरसिप’को लागि आवेदन खोलिसकेको समेत जानकारी दिए । उनका अनुसार ईच्छुक विद्यार्थीहरुले यही आउने डिसेम्बर ३१ सन् २०१७ सम्म सदस्यताको लागि आवेदन दिईसक्नुपर्ने छ । र, सदस्यताको लागि एक सय रुपैयाँ मात्रै शुल्कलाग्ने अधिकारीले बताए ।

आजिवन सदस्यता ग्रहण गरेकाहरुलाई उक्त विज्ञान केन्द्रले विभिन्न सुविधाहरु समेत प्रदानगर्ने आयोजकले जनाएको छ । जस मध्ये एकपटक आजिवन सदस्य तालिनेहरुले उक्त केन्द्रमानिःशुल्क प्रवेश तथा आजिवन सदस्यसँग आउने आगन्तुकलाई २५ प्रतिशत छुट दिईने, विभिन्न विज्ञान तथा अन्तरिक्ष क्याम्पहरुमा समेत छुट दिईने समेत संस्थाले जनाएको छ ।
अध्यक्ष डा. अधिकारीले अघि भने,‘हाम्रो सेन्टरले विज्ञान भनेको रिक्रियशन टु द पब्लिकको रुपमा प
्रस्तुत गरिरहेको छ।’ उनले थपे,‘हामीसँग जोडिनुहोस्, सँगै मिलेर देश बनाऔं, यदि हाम्रो केन्द्रमा आउन सक्न ुभएनभने हामी तपाईहरुको घरमा आउँछौं।’
कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले उक्त विज्ञान केन्द्रले विज्ञान तथा प्रविधिको विकासको लागि प्रस्तावहरु लिएर आएर आफूहरुले उक्त कार्यक्रमलाई सफल बनाउनको लागि बैंकहरुलाई लगानी गर्न प्रोत्साहनगर्ने विश्वास दिलाए ।

त्यस्तै उनले हाल उक्त विज्ञान केन्द्रले गरिरहेको कामको खुलेर प्रशंसा समेत गरे । आगामीदिनमाआफ्नो व्यक्तिगततर्फबाट र राष्ट्र बैंकको तर्फबाट सकेको सहयोग गर्न हरदम तयार रहने उनको भनाई थियो ।
त्यस्तै कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषिधमलाले एभरेष्ट साईन्स सेन्टरले अघि सारेका सबै कार्यक्रमहरु उपयोगी भएकोले सबै मिडियाहरुले यी कार्यक्रम तथा अभियानलाई सफल बनाउनको लागि सहयोग गर्नुपर्ने धारणा राखे ।
उनले भने,‘रिपोर्टर्स क्लब नेपाल यो विज्ञान केन्द्रले अघि सारेका सबै कार्यक्रमहरुलाई सफल बनाउनको लागि सहयोग गर्न तयार छ, अन्यपत्रकार साथीहरुले समेत अब यो अभियानलाई सफल बनाउनको लागि सहयोग गर्नुपर्छ।’

धमलाले उक्त विज्ञान केन्द्रलाई नेपालको विज्ञान विश्व विद्यालय बनाउन सकिने भएकोले सरकारले पनियस बारेमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले थपे,‘विज्ञान तथा प्रविधिमा कलम चलाउने सबै पत्रकार साथीहरु र नेता तथा मन्त्रीहरुले समेत यो क्षेत्रको अवलोकन गर्नुपर्छ, र यसलाई आर्थिक रुपमा सहयोग पुर्याउनको लागि बैंकहरुले समेत लगानी गर्नुपर्छ, लगानीगर्दा खेर जाँदैन् ।’

प्रकाशित मिति ः २०७४ साउन २२

वि.सं.२०७४ साउन २२ आइतवार ११:४० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...