back
NMB ad

३ वटा बैंक/वित्तिय संस्थाको करोडौंको सेयर भर्ने मौका आजमात्रै,पढ्नुहोस् र भर्न गइहाल्नोस् !

Kumari bank ad

काठमाडौ । आइतबार तीन वटा वित्तीय संस्थाको हकप्रद भर्ने अन्तिम दिन रहेको छ । एभरेष्ट बैंकको तीन बराबर एक, गुडविल फाइनान्सको १० बराबर छ र पूर्णिमा विकास बैंकको चार बराबर एकको अनुपातमा हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । जसअनुसार, आजको बैंकिङ समयभित्रमा दिइएका आवेदनले मात्रै मान्यता पाउनेछन् ।

एभरेष्ट बैंकले असार १८ गतेदेखि एक करोड ५० लाख ८८ हजार ८७ कित्ता सेयर बिक्री खुला गरेको थियो । असार ६ गतेसम्म कायम सेयरधनीले बैंकको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लजिम्पाट काठमाडौंबाट हकप्रदका लागि आवेदन दिन सकिनेछ । त्यसैगरी, एभरेष्ट बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौं तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

गूडविल फाइनान्स लिमिटेडले पनि असार १८ देखि नै हकप्रद सेयर निष्काशन गरिरहेको छ । जसमा असार १ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । शेयरधनीले एनआइविएल क्यापिटल, गुडविल फाइनान्सका केन्द्रिय तथा शाखा कार्यालयहरु र नेपाल इन्भेष्टमेन्टका कार्यालयहरु वीरगञ्ज, विराटनगर, चिप्लेढुङगा, पोखरा, वुटवल र धनगढीबाट आवेदन दिन सक्ने फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआर्इबिएल क्यापिटल मार्केटले जनाएको छ।

त्यसैगरी, पूर्णिमा विकास बैंकले असार १९ गतेदेखि निष्काशन गरेको हकप्रदमा जेठ १५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल र सिद्धार्थ बैंकको देशभरिका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसैगरी, पूर्णिमा विकास बैंकको भैरहवा, रुपन्देहीलगायत यसका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन फारम भर्न र बुझाउन सकिनेछ ।

प्रकाशित मितिः २०७४ साउन २२

वि.सं.२०७४ साउन २२ आइतवार १३:०२ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...