back
NMB ad

के ले रोक्यो सडक विस्तारको काम ? अब के ?

Kumari bank ad

ललितपुर। निर्माणाधीन चापागाउँ–खुमलटार सडकखण्डको काम विद्युत् प्राधिकरणको ढिलाइले अघि बढ्न सकेको छैन। प्राधिकरणलाई पत्राचार गर्दासमेत पोल सार्न बेवास्ता गरेको जिल्ला डिभिजन सडक कार्यालयले जनाएको छ।

झण्डै चार महिनादेखि काम ठप्प भएको इन्जिनियर आरती साहले बताए। जिल्लाबाट समन्वय हुन नसकेपछि क्षेत्रीय सडक कार्यालयलाई भनिएको साहले बताए। उनले भने, हाम्रो माथिल्लो निकायले प्राधिकरणको माथिल्लो निकायसँग समन्वय गरिरहेको छ।

चक्रपथसँग जोडिएको सडकमा काम लथालिङ्ग हुँदा यात्रु हैरान छन्। दैनिकजसो स्थानीयवासीले सडक निर्माणमा ढिलाइ भएको भन्दै कार्यालयमा गुनासो गर्ने गरेका छन्। साह भन्छन्– ठेकेदार काम गर्न हतारिएको छ, पोल नसारेकाले मात्रै काम रोकिएको हो। पोल सारेको एक महिनामा नै काम सकिने कार्यालयले जनाएको छ।

सातदोबाटो–चापागाउँ सडकखण्डमा सडक बिस्तारको काम भइरहेको छ। काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडकमा चिह्न लगाएको तीन वर्ष बितिसक्दासमेत काम अघि बढेको छैन। सातदोबाटोबाट खुमलटारसम्म ९०० मिटर सडकको जिम्मेवारी डिभिजन सडक कार्यालयको र खुमलटारदेखि लेलेसम्मको सडकको काम गर्ने जिम्मेवारी सडक बिस्तार आयोजनाको हो। रासस

फाईल फोटो
प्रकाशित मितिः २०७४ साउन २२

वि.सं.२०७४ साउन २२ आइतवार १५:२२ मा प्रकाशित

You can share this post!

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...