back
NMB ad

तामाकोसीको आयोजनाबारे थप जान्नुहोस्

Kumari bank ad

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण ९४ प्रतिशत पूरा भएको छ । विगु गाउँपालिकाको लामाबगरमा निर्माण भइरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगे पनि प्रगति अपेक्षाकृत हुन सकेको छैन । केही महिनाअघि मात्र तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले आयोजनाको काम द्रुत गतिमा गर्न निर्देशन दिएका थिए । स्वदेशी लगानीमा निर्माण भइरहेको यो आयोजनाले लक्ष्यअनुसार प्रगति गर्न सकेको छैन ।

आर्थिक वर्ष २०७२/०७३ को अन्त्यसम्ममा ९४.६ प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य आयोजनाले लिएको थियो । आयोजनाका प्रवक्ता गणेश न्यौपानेले हालसम्म ९० प्रतिशत मात्र काम सम्पन्न भएको जानकारी दिए ।

गएको वर्ष पनि भूकम्प र नाकाबन्दी कै कारण देखाएर आयोजनाको काम लक्ष्यअनुसार हुन नसकेको जनाएको थियो । आयोजनाले २०७२ साल वैशाख १२ गएको भूकम्प र त्यसपछिका अनगिन्ति पराकम्पन तथा भारतीय नाकाबन्दीले २०७२ सालको करिब पूरै अवधिमा आयोजनाको निर्माण कार्यमा प्रतिकूल असर परेको जनाएको छ ।

आयोजनाको काम ढिला हुनुमा यो वर्ष पनि भूकम्प र नाकाबन्दीलाई नै दोष दिइएको छ । मुख्य सुरुङको उत्तरीखण्ड र दक्षिणी खण्ड तथा माथिल्लो पेनस्टक स्याफ्टमा कमजोर चट्टान आउँदा लक्ष्यअनुसार प्रगति हुन नसकेको दाबी आयोजनाको छ । यस्तै सिन्धुपाल्चोक जिल्लाको खाडीचौरदेखि चरिकोटसम्म सडक सुदृढीकरण कार्य निर्माणाधीन अवस्था रहकाले भारी वर्षाका कारणले गर्दा उक्त सडकमा ठूला भारी सामान पेनस्टक पाइप‚ सिमेन्ट ढुवानी गर्न धेरै कठिनाइ भएको बताइएको छ ।

आयोजनाको हाल माथिल्लो पेनस्टक स्याफ्टको पुछारबाट पाइलट होल खन्ने कार्य एक सय ८७ मिटर सम्पन्न भएपछि कमजोर चट्टान भेटिई स्थगित भएको डाउन द होल प्रविधिबाट २०७३ चैत २९ गतेदेखि सुरु भएको जनाएको छ । यस्तै मुख्य सुरुङ र माथिल्लो पेनस्टक स्याफ्टमा कमजोर चट्टान आएको हुँदा सोका लागि सपोट वर्क गर्दै सुरुङ खन्ने कार्यलाई निरन्तरता दिइएको छ ।
आयोजनाको लागि आवश्यक निर्माण सामग्री लामोसाँघु–चरिकोट खण्डबाट ढुवानी गर्न कठिनाइ भएकाले वैकल्पिक रूपमा खुर्कोट र खिम्ती हुँदै आयोजना स्थलसम्म ढुवानी गरिएको छ । ठूला उपकरण तथा पेनस्टक पाइप सुनकोसी विद्युत्गृहमा भण्डारण गरिएको आयोजनाका प्रवक्ता न्यौपानेले जानकारी दिए ।

यसैगरी हालसम्म हेडवक्र्स कंक्रिट कार्य ८९.५५ प्रतिशत, मुख्य सुरुङ खन्ने कार्य ९३.०५ प्रतिशत, टेलरेस सुरुङ खन्ने कार्य १००.०५ प्रतिशत, अडिटलगायत अन्य सुरुङ खन्ने कार्य ८५.३५ प्रतिशत सम्पन्न भइसकेको छ । विद्युत्गृह र ट्रान्स्फर्मर क्याभर्न खन्ने कार्य १००.०५ प्रतिशत र विद्युत्गृह र ट्रान्सफर्मर क्याभर्न कंक्रिट कार्य ८३.८५ प्रतिशत सम्पन्न भएको छ । अन्नपूर्ण पोस्ट्बाट

वि.सं.२०७४ साउन २२ आइतवार १७:४६ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...