काठमाडौँ ।आई.एम.ई ग्रुप अन्तर्गतको सवारी साधनहरुको कारोबार गर्ने एक भगिनी संस्था आई.एम.ई अटोमोटिभ्स्प्रा.लि ले भारतको उत्तराखण्ड, काशीपुरमा अवस्थित युएमको विश्वस्तरीय सुविधायुक्त फ्याक्ट्रीमा निर्मित नयाँ रिनीग्रेड ३०० सिरीज बाइकको बिक्री शुरु गरेको छ ।
आइएमई अटोमोटिभ्सले युएमबाइकको ३०० सिरीज को रिनीग्रेड कमान्डो ३०० र रिनीग्रेड स्पोर्टस एस ३०० मोडेलहरुको बाइकको होटल ¥याडिसनमा आइतबार आयोजित एक “पत्रकार सम्मेलन” मार्फत पहिलो पटक कमरसियल्ली बिक्री सुरु गरेको जानकारी गराएको हो ।
उक्त कार्यक्रममा आई.एम.ई ग्रुपकाकार्यकारी अध्यक्ष,श्री चन्द्र प्रसाद ढकाल, आई.एम.ई अटोमोटिभ्स्का डाइरेक्टर सन्दिप अगरवाल र सुमन पोखरेल साथै आई.एम.ई अटोमोटिभ्स्का प्रमुखकार्यकारी अधिकृत कपिल शिवाकोटी र यु एम इंडियाबाट पाल्नु भएका पंकज सिंहका साथै मिडिया कर्मीहरुको सामुहिक जमघटमा ३०० सिरिजको बाइक लन्च भएको छ ।
गत वर्ष मात्र नाडा अटो शोको मौका पारेर आइएमई अटोमोटिभ्सले युएमबाइकको रनीग्रेड कमान्डो ३०० र रनीग्रेड स्पोर्टस एस् ३०० मोडेलहरुको बाइक नेपालमा परिचित गराएकोे थियो । यो बाइक बढि माइलएजदिने , आकर्षक डिजायन भएको, फुल डिजिटल मिटरहरु भएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै आई.एम.ई अटोमोटिभ्स्का प्रमुखकार्यकारी अधिकृत,श्री कपिल शिवाकोटीले भन्नु भयोः“यु एम का प्रमुख मोडेलहरु रिनिगेड कमान्डो र रिनिगेड स्पोर्ट एस ३०० सिरिज सेग्मेंटले यु एम बाइक राइडर र उत्साहीहरुलाई विश्व स्तरिय बाइकिङ्गअनुभबदिनुका साथै काठमाडौँ लगायत देशका अन्य ठाउँहरुमा अवस्थित ३ एस सेट अपहरुबाट सेल्स, सर्विस र पार्ट्स उपलब्ध हुने र ग्राहकलाई सुबिधा दिने कुरा अबगत गराउनु भयो।”
यसै कार्यक्रममा बोल्दै आई.एम.ई ग्रुप काकार्यकारी अध्यक्ष,श्री चन्द्र प्रसाद ढकालले भन्नुभयोः “आई.एम.ई अटोमोटिभ्स्ले यु एम ब्रान्ड का ३०० सिरिजका रिनिगेड क्रुजर र रिनिगेडस्पोर्टको नेपालमा आधिकारक रुपमा बिक्रिवितरणको सुरुवात गरेको र यी बाइकहरु भारतमा उत्पादन भएका हँुदा यु एम को ग्लोबल पहिचान अब भारतमा पनि निर्मित छ भनेर कायम भएको छ।”
बाईकको विवरणः
१) क्रियुइसर सेग्मेन्टस्ः रिनीग्ेड कमान्डो ३००
थिमः“फिल् द फ्रिडम”
-४ स्ट्रोक, लिक्युइड कुल्ड इन्जीनको साथमा व्रmुजर बाइक
– चौँडा ह्यन्डलबारस् र हाइडयुलिक टेलिस्कोप फ्नट साथै स्प्रीङ रियार सस्पेन्सन
– यस बाईकको मुल्य ४ लाख ९२ हजार रहेको छ ।
२) स्पोर्टस सेग्मेन्ट्सः रिनीग्रेड स्पोर्टस एस ३००
थिमः“रुल द स्टीटस”
– बल र नियन्त्रणको संयोजन
– इलेकट्रिक स्टार्ट सङ्गै एयर फिल्टरमा पेपर एलिमेन्टको नवीनता
-अगाडीको पाङ्गरामा टेलिस्कोप सस्पेन्सन छ भने पछाडीको पाङ्गरामा डियल सक् एब्जबर रहेको छ ।
– यस बाईकको मुल्य रु.४ लाख ९९ हजार रहेको छ ।
दुवै मोडलको सामुहिक विशेषताः
– १८ लिटरको ईन्धन क्षमता
– १७२ केजीको कर्ब तौल
आई.एम.ई. अटोमाटिभ्स युएम ग्लोबल ब्राण्डका टू ह्वीलरहरुको नेपालको लागि आधिकारिक वितरक हो र नाचघर, जमल, काठमाडौंमा रहेको अत्याधुनिकशोरुम र नेपाल भर डिलरहरुबाट यसले आफ्नो कारोबार गरिरहेकोे छ ।
अमेरिकी बाईक यु. एम् सन् २००० को समयमा संस्थापक भिलेगास परिवारले अमेरिकी ट्रेडमार्क र प्याटेन्ट सहित दर्ता गराएका थिए । अमेरिकी डिजाईन तथाइन्जिनियरीङ्ग बाट निर्मित यु. एम् बाईकहरु हल विश्वका ३० भन्दा बढि देशहरु र १३०० भन्दा बढि स्टोरहरुमा विक्री भईरहेको छ ।उत्तराखण्ड , काशीपुर, भारतस्थित रहेको विश्वस्तरीय यु. एम् उत्पादन फ्यासिलिटीले नेपाल , भारत र अन्य दक्षिण पूर्वी एसियाली बजारको लागि बाईकहरु उत्पादन गर्दछ । यस बाईकको मूख्य आकर्षणहरु मध्ये डिजाईन तथा रङ्गहरु, AFS (Anti-Flat Sealant), LEDS 360o (Light Emitting Diode) tyf USB Charging Port, UM gel seat / Intelligent Dashboard पर्दछन् ।
यूएमबाइकहरु १२५ देखि ३०० सम्मको क्षमतामा र सबै प्रकारका टू हवीलरहरु जस्तै स्कूटरहरु क्रुजहरु, क्याफेक्रुजर, डटृस एण्ड मोटार्डस, कम्म्युटर र स्ट्रिट सिरिजहरुमा उपलब्ध छन ।
नेपालमा उपलब्ध हुने मोडलहरुः
Renegade Series – Commando (230 &300 ), Sports (140, 180& 300)& Duty (125)
Xtreet Series- Xtreet R (139 /180/200/230)
Economic bike, which is known as Nitrox Series – 125
Powermax Scooter- 125
Dirt Series – DSR II (200/230)
Motard Series – Hypersports (200/230)
प्रकाशित मितिः २०७४ साउन २२
वि.सं.२०७४ साउन २२ आइतवार २२:०० मा प्रकाशित