![कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आन्दोलन कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आन्दोलन](https://www.arthatantra.com/wp-content/uploads/2017/08/Agro-University-Chitwan-1-krishi.png)
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीहरु केही दिनदेखि आन्दोलनमा उत्रेका छन् । विश्वविद्यालयले आँशिक कलेजको स्थापना नगरी निजी क्षेत्रको कलेजलाई सम्वन्धन दिन लागेको बिरोधमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । विद्यार्थीहरुले पछिल्लो एक सातादेखि माग सम्बोधन नभएको भन्दै तालावन्दी गरी दैनिक रुपमा विश्वविद्यालयको मूल गेटमा धर्ना दिएर आन्दोलन गर्दै आएका छन् ।
विद्यार्थीहरुले नीजि क्षेत्रको कलेजलाई सम्बन्धन दिन लागेको बिरोधमा केही दिनअघि विश्वविद्यालयमा तोडफोडसमेत गरेका थिए । आन्दोलनका कारण भेटेरिनरी शंकायतर्फको नियमित समयमा हुनुपर्ने परीक्षा र अध्ययन पनि प्रभावित बनेको छ ।
आन्दोलनको नेतृत्व अखिल क्रान्तिकारी माओवादी केन्द्र र अखिल क्रान्तिकारी ‘विप्लव’ समूहले गर्दैआएका छन् । आन्दोलन गर्ने विद्यार्थी संगठनहरुले सात प्रदेशमा विश्वविद्यालयको आंगिक कलेजको स्थापना नगरी निजीलाई सम्बन्धन दिन लागेको भनेर आरोप लगाएका छन् । उक्त विश्वविद्यालयले झापा, इटहरी, सप्तरी, सुर्खेत, टिकापुर, काठमाडौंमा एक एक र नवलपरासीको गैडाकोटस्थित दुई नीजि कलेजलाई सम्बन्धन दिने तयारी गरेको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय कार्यालय रामपुरका उपकुलपति डा.आईपी ढकालले सम्बन्धनको बिषयमा विद्यार्थीले गलत माग उठाएको बताए ।न्यूजएग्रोबाट
प्रकाशित मितिः२०७४ साउन २५
वि.सं.२०७४ साउन २५ बुधवार १५:२४ मा प्रकाशित